नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाइ काेराेना पाेजेटिभ देखिएकाे छ । शर्माले आफ्नाे सामाजिक सन्जाल मार्फत आफूलाइ काेराेना पाेजेटिभ भएकाे जानकारी दिएका छन् । ज्वराे तथा जीउ दुखाइ भएपछि उनी काेराेना टेस्ट गर्न गएका थिए । अहिले आफ्नै निवासमा उच्च मनाेबलका साथ बसेकाे उनले भनेका छन् । शर्माले लक्षण च्यापेकाे पनि बताएका छन् ।

शर्माले आफ्नाे सामाजिक सन्जालमा यसाे भनेका छन्,

ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l
टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ l
सबैलाई विनम्र आग्रह छ – सजग बनौं !