पहिलो पटक भारतीय राज्य तमिलनाडुमा विधान सभा चुनाव लडेका अभिनेता कमल हसन पराजित भएका छन्। हसनले मक्कल निधी माइआम (एमएनएम) पार्टी खोलेर यसपालि विधान सभा चुनावमा भाग लिएका थिए।

आइतबार भएको मतगणनाअनुसार हसन भारतीय जनता पार्टीका भानती श्रीनीभासनसँग १५ सय ४० मतको अन्तरले पराजित भएका हुन्। अभिनेता हसन यसअघि चेन्नईमा चुनाव लड्ने अपेक्षा गरिएको थियो तर उनले कोइमबाटोर क्षेत्रबाट उम्मेदवार बन्ने निर्णय गरेका थिए।यो क्षेत्रमा हसनको दलका उपाध्यक्ष डाक्टर आर महेन्द्रन सन् २०१९ को लोकसभा चुनावमा तेस्रो स्थानमा आएका थिए।