नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपतिद्वारा आज जारी अध्यादेश अराजनीतिक तथा संबिधानकाे मर्म विपरित भएकाे बताएकाे छन् । विश्वासकाे मत लिने घाेषणा गरेकाे प्रधानमन्त्रीले संसदलाइ छलेर अध्यादेश जारी गर्नु दुर्भाग्य हाे भन्दै नेता थापाले राष्ट्रपति विद्या भण्डारी प्रम ओलीकाे असभ्य राजनीतिक चरित्रकाे मतियार भएकाे बताएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन् “याे हाम्राे लाेकतन्त्रकाे दुर्भाग्य हाे, अध्यादेश फिर्ता गरी संसदकाे आगामी सत्रमा विधेयकका रूपमा पेश गरियाेस् ।”

गगन थापाले  आफ्नाे सामाजिक सन्जालमा यसरी लेखेका छन्,  विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ।राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।