काेराेनाकाे जाेखिमका बेला आवश्यक सेवा कसरी जनतामाझ पुर्याउने बारेमा नेपाली काँग्रेसका तर्फबाट काठमाडाैँ जिल्लाका संघीय सांसदहरूले छलफल गरेका छन् । काठमाडाैँ क्षेत्र नं १ का सांसद तथा नेका वरिष्ठ नेता प्रकाशमान सिंह निवासमा भएकाे बैठकमा क्षेत्र नं ४ का सांसद तथा नेता गगन थापालगायतका प्रत्यक्ष एवम् समानुपातिक सांसदहरूकाे उपस्थिति थियाे ।
आफ्नै  निवासमा भएकाे बैठक बारे जानकारी गराउँदै प्रकाशमान सिंह सामाजिक संजालमा लेख्छन्, कोविड १९ उच्च जोखिमको बेला आवश्यक सेवा के कसरी जनता माझ पुराउन सकिन्छ र के के गर्न सकिन्छ भन्ने बिषयमा काठमान्डुका संघीय सांसदज्युहरू संग छलफल र अन्तरक्रियामा कोरोना महामारी बाट बॅचौ र बॅचाऔ ।सुरक्षीत रहौ । जय नेपाल ।