वागमती प्रदेशमा सत्तारूढ नेकपा एमालेले दीपक निराैलालाइ मुख्य सचेतककाे जिम्मेवारी दिएकाे छ । पार्टी विभाजन र गुटउपगुटकाे चरमबिन्दुमा रहेकाे एमालेले साविक मुख्य सचेतक केशव पाण्डे मन्त्री बनेपछि रिक्त स्थानमा निराैलालाइ ल्याएकाे हाे । मुख्यमन्त्री डाेरमणि पाैडेलका वफादार भनेर चिनिएका निराैला काठमाडाैँ क्षेत्र नं ५ ख का सांसद हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् । निरौलालाई सचेतकमा नियुक्त गरिएको बारे प्रदेश सभा सचिवाललाई जानकारी गराइएको छ ।(फाेटाेः दीपक निराैलकाे सामाजिक सन्जालबाट)