सांसद तथा नेका नेता गगन थापाले आफ्नाे निर्वाचन क्षेत्र काठमाडाैँ क्षेत्र नं ४ का काेराेना संक्रमितहरूका लागि विशेष कार्यक्रम ल्याएका छन् । अस्पतालमा बिरामीले ठाउँ नपाइरहेकाे समाचार आइरहेकाे बेला थापाले घरमै पुगेर संक्रमित विरामीहरूका लागि गर्न सकिने खालकाे सहयाेगकाे कार्यक्रम ल्याएका हुन् ।

घरमै संक्रमित भएर बसेकाहरुका लागि भनेर ल्याउन लागेकाे यस कार्यक्रममा चिकित्सकबाट नियमित परामर्श र आवश्यक भएकालाइ आवश्यक सामग्री पनि उपलब्ध गराइनेछ । हेल्थ एट हाेमसँगकाे सहकार्यमा हुन लागेकाे यस सेवाका लागि नेता थापाले एउटा माेबाइल नम्बरमा म्यासेज गरे पुग्ने बताएका छन् । ९८६०३४०५८६ मा एसएमएस गरेपछि स्वयम्सेवकहरूले विरामी वा उनका आफन्तलाइ सम्पर्क गर्नेछन् । एसएमएसमा काठमाडाैँ महानगर पालिका वा बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं र टाेलकाे नाम खुलाएर पठाउनु पर्नेछ । यसरी म्यासेज पठाउना साथ यस कार्यक्रमसँग जाेडिन सकिने र निशुल्क सेवा पाइनेछ ।

यसका लागि थापाले स्थानीय तहसँग पनि समन्वय गरिने बताएका छन् । सामाजिक सन्जालमार्फत शुक्रबार साँझ एक सन्देश दिँदै नेता थापाले यस कार्यक्रमकाे घाेषणा गरेका हुन् । बुढानिलकण्ठ नगरपालिकामा गत वर्ष नै थापा कै पहलमा दुइवटा आइसाेलेसन केन्द्र बनिरहेकाे छ । थापाले सन्देशमा याे महामारीमा आफ्नाे क्षेत्रका बासिन्दाहरूलाइ जाेगाउन विशिष्ट जिम्मेवारीसमेत भएकाे भन्दै थापाले सम्पूर्ण शक्ति लगाएर याे महामारीमा सहयाेग गर्न समर्पित भएकाे बताएका छन् । https://fb.watch/5l1fGn77CE/