बुढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा थप १०१ कोरोनाबाट संक्रमित हुन पुगेका छन्। जसमा ४६ महिला र ५५ पुरुष सहित कुल १०१ जना कोरोनाबाट संक्रमित भएका छन्।

नगरपालिकामा हालसम्म ३६१ महिला र ३८४ पुरुष सहित कुल ७४५ जनामा कोभिड १९ (दोस्रो लहर) बाट संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ३३ रहेको छ जसमध्ये १८ महिला र १५ जना पुरुष रहेका छन्। यो संख्या सँगै नगरपालिकामा संक्रमणबाट निको हुने संख्या १३६ महिला र १४६ पुरुष सहित कुल संख्या २८२ पुगेको छ।

हाल नगरपालिकामा २२३ जना महिला र २३८ जना पुरूष गरि कुल सक्रिय सक्रंमित व्यक्तिहरू रहेका छन्। सक्रिय संक्रमितहरुमध्ये ४३६ जना सेल्फ होम आईसोलेसनमा रहेका छन् र कुल २५ जना जसमा १३ जना पुरुष र १२ जना महिला अस्पताल उपचाररत रहेका छन्।

नगरपालिकाको जनस्वास्थ्य शाखाबाट प्राप्त दैनिक प्रतिवेदन अनुसार आज निको हुनेको दर ३७.८५ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुने संख्या शुन्य रहेको छ। पछिल्ला विवरण अनुसार कोभिड १९ को (दोस्रो लहर) बाट दुईजनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा नगरपालिकाभित्रका ९८ महिला र ९९ पुरुष सहित कुल ११७ जनाको एन्टिजेन परिक्षण गरिएको छ जसमध्ये २२ महिला र ३४ पुरुष गरि कुल ५६ जनाको नतिजा पोजिटिभ रहेको छ। हालसम्म  नगरपालिकाभित्र कुल ५०२ जनाको एन्टिजेन परिक्षण गरिएको छ। जसमा पोजिटिभ नतिजा आउने संख्या १७० रहेको छ भने ३३२ जनाको नतिजा नेगेटिभ रहेको महाशाखाले जनाएको छ।