बुढानीलकण्ठ नगरपालिकामा काेराेना संक्रमणकाे दर आक्रमकरूपमा बढिरहेकाे छ । सिमितमात्र काेराेना टेस्टमा देखिएकाे परिणामलाइ हेर्ने हाे भने यस नगरपालिकामा काेराेना संक्रमण डरलाग्दाे बनिसकेकाे अनुमान गर्न सकिन्छ । तथापि स्थानीय तह बुढानिलकण्ठ नगरपालिकाले संक्रमण न्यूनिकरणका लागि खासै सक्रियता देखाएकाे देखिदैन । नगरपालिकाकाे कमजाेर उपस्थितिप्रति स्थानीयवासी रूष्ट भैरहेकाे बेला  पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। आज थपिएका संक्रमित मध्ये ३७ जना महिला र ५४ जना पुरुष गरि ९१ जनामा संक्रमण पुष्टि भएको छ। नगरपालिकाको जनस्वास्थ्य शाखाबाट प्राप्त भएको दैनिक प्रतिवेदन अनुसार हालसम्मको संक्रमित संख्या ८३६ पुगेको छ।

प्राप्त विवरण अनुसार पछिल्लो २ घण्टामा ३१ जना संक्रमणबाट मुक्त भएका छन् जसमा १३ जना महिला र १८ जना पुरुष रहेका छन्। यो सँगै नगरपालिकाभित्र कोरोनाबाट १४९ महिला र १६४ जना पुरुष गरि कुल ३१३ जना संक्रमणबाट मुक्त भइसकेका छन् । हालसम्मको तथ्याङ्क अनुसार कोरोना मुक्त हुने दर ३७.४४ पुगेको छ।

आज थप एकजना संक्रमितको मृतयु भएको छ। यो सँगै नगरपालिकाभित्र कोरोना (दोस्रो लहर) बाट मृत्यु हुने संख्या तीनजना पुगिसकेको तथ्याङ्कले जनाउँछ। यसरी नगरपालिकामा मृत्यु दर ०.३६ पुगेको छ। नगरपालिका भित्र २४६ जना महिला र २७४ जना पुरूष गरी कुल ५२० सक्रिय सक्रंमित रहेका छन् जसमा ४९३ जना सेल्फ होम आईसोलेसनमा रहेका छन् भने कुल २७ जना जसमा १३ जना पुरुष र १४ जना महिला अस्पतालको आईसोलेसनमा उपचाररत रहेका छन्।

पछिल्लो २४ घण्टामा नगरपालिकामा ९८ महिला र ०० पुरुष गरि कुल १९७ जनाको कोभिड १९ को एन्टिजेन परिक्षण गरिएको छ। जसमध्ये २२ जना महिला र ३४ जना पुरुष गरि कुल ५६ जनाको नतिजा पोजिटिभ रहेको जनाइएको छ ।  त्यसका साथै आजमात्र नगरपालिकामा थप ५०० वटा कोभिड १९ को एन्टिजेन परिक्षण किट नगरपालिकामा लेराइएको जनस्वास्थ्य महाशाखाका प्रमुख कुमार प्रसाद दाहालले बताउनुभएको छ।