• केशव पाठक

समान्यतया हेर्दा उद्धव खरेललाइ प्रकृतिकाे माया हुनुपर्ने, अझ प्रकृति भनेपछि ज्यान नै दिने खालकाे हुनुपर्ने अनुमान गर्न सकिन्छ । चपलीकाे उच्च प्राकृतिक वातावरणमा हुर्किएका खरेल कुनै समय सार्वजनिक जमिन बारे अध्ययन र संरक्षण गर्ने समितिकाे अगुवासमेत थिए । तर गजब के छ भने यिनै खरेलकाे पालामा सबैभन्दा धेरै प्रकृति विनासका खेल नगरपालिकामा भए । बेराेकटाेकरूपमा बुढानिलकण्ठका वडाहरूमा गैरकानुनीरूपमा भएका प्रकृतिविनाशका लिलामा खरेल साक्षी बसिरहेका छन् । साक्षीमात्र हैन आफैले लगानी गरेझैँ गरी अनदेखा गरिरहेका छन् । तत् तत् वडाका वडाध्यक्षसँग मिलेर असुलीमा लागेझैँ गरी चुपचाप छन्, माैन छन् । सबैलाइ लाग्ने एउटै प्रश्न हाे किन  किंकर्तव्यविमुढ, याेजनाहीन एवम् असरल्ल छन् मेयर उद्धव खरेल ???

चारवर्षअघि भएकाे स्थानीय चुनावमा उनले आफूलाइ पढिलेखेकाे, उच्च विचार एवम् पृष्ठभूमि भएकाे, विकासप्रेमी, प्रकृतिप्रेमी यावत् कुरा भनेका भनाएका थिए । जसै उद्धव खरेल मेयर भए उनमा न पढिलेखेकाे छवि देखियाे, न विकासकाै कुनै भाेक देखियाे । चारवर्ष केहि गर्नै सकिएन वा केही गर्नै दिएनन् भनेर नै बिताए । खरेलले आफैलाइ  मैले के गरेँ याे चारवर्षमा भनेर साेधे भने पनि त्यसकाे उत्तर उनले पाउने छैनन् ।

बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं १३ मा प्रकृतिकाे विनासकाे लिलाकाे बारे काठमाडाैँ खबरलगायत धेरै मिडियामा धेरै समाचार वा लेख आए । यस वडाकाे वडाध्यक्षलाइ प्रत्यक्ष मुछिएर दर्जनाै समाचार आए तर पनि याे वडामा प्रकृतिकाे विनासकाे लिला राेकिएकाे छैन । यस वडामा अबैधरूपमा बालुवा धुने प्लान्ट संचालित छ । यस बालुवा धुने प्लान्टका कारण यस क्षेत्रका डाँडा सकिँदै छ भने खाेला पनि नासिएकाे छ । यस विषयमा वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठलाइ मुछेर धेरै समाचार आए । कतिले याे बालुवा धुने प्लान्टमा मेयर खरेलदेखि प्रमका सल्लाहकार राजन भट्टराइलाइ समेत मुछे तर न याे अबैध प्लान्ट बन्द भयाे न डाँडा भास्ने काम राेकियाे । मेयर खरेलकाे याे आँखा चिम्ल्याइ कुनै पनि हालतमा सहज लाग्दैन ।

यसैबीच कपन अनलाइनले एउटा समाचार प्रकाशित गरेकाे छ निषेधाज्ञामा पनि बुढानिलकण्ठ सापाटारमा खुलेआम प्राकृतिक दाेहन, स्थानीय आक्राेशित भनेर  । फाेटाेसहित प्रकाशित समाचारमा सापाटारमा रहेको जग्गा प्लटिंग र खानी बाट निर्वाद रुपमा बालुवा तथा माटो ढुवानी भैरहदा पनि कुनै पनि सरोकारवाला निकायको ध्यान नपुगेको विषय उठाइएकाे छ । डाेजरले माटाे खनिरहेकाे र दर्जानाैँ ट्रिपर, ट्रक लाइन लागेर बसेकाे फाेटाेसहित प्रकाशित यस समाचारले पुन एकपटक वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ र मेयर उद्धव खरेलमाथि ठूलाे प्रश्न उठाएकाे छ ।

काेभिडकाे ठूलाे समस्याका बेला एकवर्ष अघि बनाएकाे आइसाेलेसन सेन्टरसम्म समयमा अपडेट नगरेकाे भनेर आलाेचित मेयर उद्धव खरेललाइ प्रकृति दाेहनकाे विषयले छाेला नछाेला । तर खरेललाइ प्रकृतिदाेहनकाे विषयले किन छाेएन ? याे विषय सारै पेचिलाे लाग्छ । खरेलले पैसाकै लागि याे गम्भीर विषयलाइ अनदेखा गरेकाे सायद पत्याउन मिल्ने कुरा हैन तर यिनी माैन किन छन् ? यिनकाे बाैद्धिकता(?) काे कसी खुलेआम प्रकृति दाेहनकाे विषयमा यति माैन हाेला कसले अनुमान गर्न सकिने कुरा हैन । के याे विषयसँग खरेलकाे राजनीतिक भविष्य जाेडिएकाे हाेला ? राजनीतिक भविष्यका लागि खरेलले प्रकृतिदाेहनलाइ सहेर बसेका हुन सक्ला ? फेरि एकपटक मेयर बन्न लालयित खरेलकाे कुनै न कुनै कनेक्सन याे बालुवा धुने प्लान्टदेखि डाँडाभास्ने र खाेलामास्ने विषयसँग जाेडिएकाे हाेला ? समयले याे विषयकाे उत्तर देला साथै समयले खरेलसँग याे विषयकाे उत्तर माग्ला पनि ।