• आकाश शर्मा

दीपक निराैलाका बारेमा काठमाडाैँ खबरले थुप्रै शब्दहरू खर्चिसकेकाे छ । अत्यन्त सम्भावनायूक्त युवा नेतादेखि दासचरित्रकाे युवा नेतासम्मकाे उनकाे छवि लेख्नेहरूलाइ एकखाले उदेकलाग्दाे तर लेखनयाेग्य चरित्र हाे । ओलीगुटका धराेहर बनेका दीपक निराैलाकाे सामाजिक सन्जाल हेर्याे भने उनकाे सामान्य हैसियत आंकलन गर्न सकिन्छ । उनका फेशबुकलाइ अध्ययन गर्याे भने उनी जुन गुटबाट जुन हैसियतमा छन् साह्रै गर्हुँगाे लाग्छ । सामाजिक सन्जालमा निराैलाकाे स्टाटस, शेयर, कमेन्ट अनि ट्याग हेर्ने हाे भने  याे हैसियताका मान्छे कसरी एउटा दलकाे प्रमुख सचेतक हुनसक्छ ! जाे काेही पनि विस्मित हुनसक्छ ।

ओलीका गुट हिमायती बनेर निराैलाले प्राप्त गरेकाे उचाइ जति अग्लाे लाग्न सक्छ उनकाे साेच, सामाजिक सन्जालमा प्रस्तुति तथा हाउभाउ त्यतिनै पुड्काे छ । सबैतिर वदनामी कमाइरहेका मन्त्री इश्वर पाेखरेलकाे उत्तराधिकारीका रूपमा उनले गरिरहेकाे यावत् प्रयास आफैमा मानिसलाइ दिक्क लगाउने खालकाे छ । त्यसैगरी वाग्मती प्रदेशका मुख्यामन्त्रीकाे अर्दलीझैँ बनेर प्राप्त नजदिकी पनि गहकिलाे देखिदैन । समग्रमा निराैलाले प्राप्त गरेकाे व्यक्तिगत उपलब्धि सतहमा महत्वपूर्ण लाग्दैन ।

प्रम ओलीले दाेस्राेपटक संसद विघटन गरेर मध्यावधि चुनाव घाेषणा गरेपछि एक दास नेताझैँ ओली कदमकाे वकालत गर्न तम्सेका निराैला आफ्नाे हैसियतलाइ बिर्सेर सामाजिक सन्जालमा छाएका छन् । नेपाली काँग्रेसबाट रूष्ट रहेर राजनीतिबाट टाढा बसेकाे नेका लक्ष्मण घिमिरेकाे फेशुबुक स्टाटसलाइ निराैलाले शेयर गरेका छन् । शेरबहादुर देउवालाइ गाली गरेर पाेस्ट गरिएकाे साे स्टाटस शेयरसँगै निराैलाजस्ता ओली गुटका नेता कार्यकर्तालाइ वर्तमान परिस्थितिसँग लड्न विषयकाे अभाव प्रष्ट देखिन्छ ।

चारैतिर ओली र विद्याकाे पछिल्लाे कदमकाे चरम विराेध भैरहेकाे बेला निराैलालगायतका ओली गुटका हिमायतीलाइ काेहि काँग्रेस, काेही माओवादी केन्द्र, काेही माधव नेपाल गुटका नेता तथा कार्यकर्ताले आफ्नाे नेताका बारेमा गाली गरिदिए साे शेयर गर्न पाइन्थ्याे भनेर खाेजेर बसेका हुन्छन् । आफू विचार सून्य भएपछि अर्काकाे राेगग्रस्त विचार पनि महान लाग्छ भन्ने उक्तिझैँ निराैलाजस्ता नेता कार्यकर्ताकाे हैसियत बनेकाे छ । निराैलाहरू आफ्ना नेताकाे कदमलाइ राम्राे भन्न सक्ने नैतिक अबस्था नभएकै कारण पनि कसले विपक्षी गठबन्धनका नेतालाइ गाली गर्ला र त्यसलाइ शेयर गरूँला भनेर बसेका हुन्छन् । हाम्राे राजनीतिकाे याेभन्दा विकृत स्वरूप के हाेला र ?