संयाेगले आज युगकवि सिद्धिचरण श्रेष्ठकाे ११० औँ जन्मदिन । राज्यमात्र हैन समाजले पनि साहित्यरत्न श्रेष्ठलाइ भूलिसकेकाे छ । एकाध स्रष्टाहरूले सामाजिक सन्जालमा सम्झने रीत नै युगकविप्रतिकाे  पूर्ण श्रद्धान्जली बनेकाे अबस्थामा पछिल्ला समय सक्रियरूपमा कलम चलाइरहेकाे युवा ज्यति केसीले युगकविकाे प्रशिद्ध कवितामा आधारमा बनाएर एक सृजना लेखेका छन् । मेराे प्याराे ओखलढुङ्गा कविताकाे शैलि तथा भावमा लेखिएकाे गरिएकाे याे सृजनाले मुलतः कपन गुम्बालाइ चिनाउने प्रयास गरेकाे छ ।

मेराे प्याराे कपन गुम्बा

– ज्याेति केसी


म चढेर भावको डुङ्गा
सयर गर्छु बुलेट बाइकमा प्रिय गंगा
स्वप्न गगनबाट सुशीतल जल
सुख-स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो कपन गुम्बा !!
गणेश हिमालको आँचल पक्री
हरियाली कति खोज्दी हुन प्रकृति
बुलेट बाइकमा सयार साथिहरु उफ्री-उफ्री
जवानीका छालहरु हल्ली हल्ली
मेरो प्यारो कपन गुम्बा ।
ॐ मानी जय जय ॐ
यहि ठाउमा छ मेरो होम
त्यो गाउँमा हामी बौद्द छोम
मेरो हृदयमा तिम्रो चित्र
परिरहन्छ हरदम पबित्र
मेरो प्यारो कपन गुम्बा ।
त्यो शिभराम त्यो सागर त्यो गगन
त्यो इश्वर त्यो बिजेन्द्र अनि आफ्नै मनमगन
यो हृदय केन्द्र स्नेहमा तडित
सम्झिरहेछु आज त्यो क्षण
मेरो प्यारो कपन गुम्बा ।
भाग्य-लहरामा लहरी लहरी
पुगे म यस कपन गुम्बामा कसरी
तर केहि छैन मेरो प्रकृति
लेखिएको छ यो हृदय भरी
मात्र मेरो प्यारो कपन गुम्बा ।