• आकाश शर्मा

नाङ्गे महाराज अर्थात “बा” अर्थात केपि ओली अर्थात् वर्तमान प्रधानमन्त्री । नाङ्गे महाराजकाे कथा अब हरेकले सुनिसकेका छन् त्यसैलै केपि ओलीलाइ किन नाङ्गे महाराज भनियाे भनेर प्रश्न नउठ्ला । त्यसाे त नाङ्गे महाराजलाइ नेपालमा “बा” भन्छन् ।

 एक प्रधानमन्त्रीका रूपमा केपि शर्मा ओलीकाे असफलता एवम् अयाेग्यताकाे भागिदार जति स्वयम् ओली छन् त्यत्ति नै अपजस उनका स्वनामधन्य सल्लाहकार पनि हुनेछन् । त्यसाे त ओलीले नियुक्त गरेका यी सल्लाहकारकाे सल्लाह दिने नापाे के हाेला ? तीनवर्षभन्दा धेरै समय ओलीले अहम् र अहंकारपूर्ण राज गरिसक्दा सहजै अनुमान गर्न सकिन्छ । त्यसाे त  “बा” का धाेतिका जुम्राझैँ बनेर पँधेरामा मुख बजारेजस्ताे अरूलाइ गाली गर्ने  हैसियत पाएका यी सल्लाहकारहरूकाे मूल्याङ्कन गर्नु नै पनि बाञ्छनीय देखिदैन ।

यी सल्लाहकारकाे झुण्डमा एकपात्र छन्, राजन भट्टराइ । जेएनयुबाट विद्यावारिधी गरेका यिनलाइ “बा” ले विदेश मामिला सल्लाहकार त नियुक्त गरे तर “बा”काे कार्यकालमा सबैभन्दा असफल पक्ष केही हाे भने त्याे वैदेशिक मामिलाकाे कुटनीति नै हाे । नेपाल देशमा याे क्षेत्रमा विशिष्टता हासिल गर्ने अरू व्यक्ति नभएर “बा” ले भट्टराइलाइ सल्लाहकार बनाएका पक्कै हैन । वा सबैभन्दा अब्बल भएकाले पनि “बा” ले भट्टराइलाइ पत्याउका हैनन् ।  “बा”ले त अड्काे पड्काे तेलकाे धुपजस्ताे यसाे विदेशकाे बारे पढिलेखेकाे व्यक्ति पनि हाेस् र अकङ्टक “बा” “बा” पनि भनिरहाेस् जस्ताे पात्र चाहन्थे । साेही काेटीमा परेका भट्टराइ दुइ तिहाइ बहुमत भएकाे सरकारकाे विदेश मामिला सल्लाहकार भए । भट्टराइले बाेकाकाे मुखमा कुभिण्डाेझैँ यति महत्वपूर्ण पद प्राप्त मात्र भयाे तर उनी कतै दृष्यमा देखिएनन् । राजनीतितिर कतैकतै प्रचण्ड, माधव नेपालहरूलाइ गाली गरेकाे समाचारबाहेक भट्टराइ विदेशसँग् सम्बन्धित महत्वपूर्ण विषयमा समाचारकाे शीर्षकसम्म बनेनन् ।

सिंगाे विदेश मामिला हेर्ने सल्लाहकार भएका भट्टराइले न भारतसँग समचीन सम्बन्ध बनाउन केही भूमिका खेले न चीनसँगकाे महत्वपूर्ण सम्बन्ध बचाउन नै । “बा” का प्रिय पात्रका रूपमा भट्टराइले नेपालकाे परराष्ट्र कुटनीतिलाइ इतिहासमै असरल्ल बनाउन भूमिका खेले भन्दा अत्युक्ति नहाेला । त्यसाे त यिनलाइ “बा”ले भूमिका नै कति दिए हाेलान् र ? “बा” भनेर शाष्टाङ्ग दण्डवत् गर्दैमा यिनकाे तीनवर्ष कट्न लाग्याे हाेला । तर नेपालकाे इतिहासमै सर्वाधिक निकम्मा प्रधानमन्त्री बनेका केपि शर्मा ओलीकाे अहम्, अहंकार र अशिष्टताकाे ठूलाे हिस्सा भने कालन्तरसम्म भट्टराइसँग जाेडिनेछ ।

ओलीका सल्लाहकारमध्ये प्रत्यक्ष चुनावमा भाग लिने हैसियतका व्यक्ति सम्भवतः यिनै भट्टराइ हुन् । भट्टराइ कतिपय विषयमा भाग्यमानी पनि छन् तर चुनावकाे विषयमा यिनी अभागी व्यक्ति हुन् । कलिलै उमेरमा काँचाे नै छँदा प्रधानमन्त्रीकाे विदेश मामिला सल्लाहकार हुन पाउनु सानाेतिनाे भाग्य हैन यिनकाे । तर यिनकाे चुनावी क्षेत्रचाहिँ  हार्ने चुनावी क्षेत्र हाे । अघिल्लाे पटक “बा” कै भरमा चुनाव लडेका भट्टराइलाइ “बा”ले परराष्ट्र मन्त्री बनाइदिन्छु भनेर साम-दाम दण्ड भेद सबै प्रयाेग गर्दा पनि यिनी हारेका थिए ।

यिनकाे दुर्भाग्य भनुँ गगन थापाजस्ताे व्यक्तिसँग चुनाव लड्नु पर्छ । राष्ट्रवादी नेताकाे रूपमा आफूलाइ बेचिरहेका ओली आफै आएर चुनाव प्रचार गर्दा त राम्रै अंकले चुनाव हारेका भट्टराइ अब के मुखले आफ्नाे चुनाव क्षेत्रमा जालान् ? ओलीका अहम् र अहंकारकाे  पगरी लगाएर चुनावमा जाँदा यिनलाइ भाेट माग्नेले के भनेर मागिदेलान् वा भाेट दिनेले के भनेर देलान् ? गान्धारीकाे आँखामा बाँधिएकाे पट्टिजस्ताे याे प्रश्नले सायद यी सल्लाहकारलाइ पनि खाइरहेकाे हाेला ।

भट्टराइलाइ आफ्नाे  चुनावी क्षेत्रमा “जाेगमेहर शैली”काे नेता भनेर चिनिन्छ । “जाेगमेहर शैली” भन्ने बडाे उदेकलाग्दाे उपामा पाएका भट्टराइ आफ्नाे चुनावी क्षेत्रमा सिन्धुपाल्चाेककाे विरासतका लागि सक्रिय छन् भनेर प्रचारित छन् । हुन पनि यिनलाइ काँधमा बाेकेर हिँड्ने अधिकांश सिन्धुपाल्चाेकबाट काठमाडाैँ आएर बसेका नै देखिन्छन् ।

ओली शैलीमा केही व्यक्तिहरूकाे झुण्ड बनाएर आफूले नगरेका कामहरू पनि आफूले गरेकाे भनाउँदै राजनीतिलाइ तरङ्गित बनाउन सकिन्छ भनेर लागेकाे भट्टराइ जनताकाे घरदैलाेकाे मनाेविज्ञान बुझ्दैनन् । जनताकाे मनाेविज्ञान थाहा नभएकाे तर झुण्डले जहाँ बाेक्छ त्यहिँ पुगेर गगन थापालाइ गाली गर्याे वा गगन थापाकाे प्रयासले बनेकाे कामलाइ आफूले गरेकाे भनेर बाेल्याे, उनकाे कर्म यत्ति मात्र भएकाे देखिन्छ ।

यही कर्मकाे सेराेफेराेमा  ढिलाचाँडाे आउने चुनावमा यिनी कसरी प्रस्तुत हाेलान् ? ओली पतनकाे  ठूलाे हिस्सारूपी स्वरूप  बाेकेर भट्टराइले जनतामा के भनेर मत माग्लान् ? मेलाम्ची बुढानिलकण्ठवासीलाइ खुवाउनेछु वा मैले गर्दा बुढानिलकण्ठवासीले मेलाम्ची खानेवाला छन् भन्ने बासी नारा नै काफी हाेला त यी सल्लाहकारलाइ ?  पुगनपुग ४ वर्ष ओलीका सल्लाहकार बनेका व्यक्ति आफ्नाे घरमा आउँदा मतदाताले के के झटाराे हान्लान् ! के ती झटाराहरूलाइ “सिन्धुपाल्चाेक” कार्डले मतमा परिणत गर्ला ?

यत्राे दूइ वर्ष काेभिडले सिंगाे समाज थिलाेथिलाे हुँदा मन्त्रीसरह सुबिधामा बसेका तिमी सल्लाहकार कुन दुलामा थियाैँ ? के चुनावमा हारेकाे व्यक्ति मेराे काम हैन जित्नेकाे काम हाे भनेर पन्छिन मिल्छ ? गाराेसाराेमा पन्छिने व्यक्ति कुन मुखले मत माग्न आएकाे ? भनेर मतदाताले प्रश्नकाे झटाराे हाने भने के आफू ओली निकट वरिष्ठ हुँ भन्ने कार्ड मतमा परिणत हाेला त ?

रवि थापा नामका एक केही गरूँ भन्ने युवा नेताकाे नितान्तकाे निजी पहिचानकाे आधारमा बुढानिलकण्ठमा बनेकाे ५ वटा पार्कसमेत आफूले बनाएकाे भनेर प्रचार गर्न पर्ने हैसियतका भट्टराइलाइ ओली असफताकाे हिस्सा बाेकेर चुनावमा जाँदा धेरै प्रश्न, गुनासाे एवम् ब्याङ्ग खानुपर्नेछ । समग्रमा “बा” कि स्वनामधन्य यी सल्लाहकारलाइ गगन थापासँग चुनाव लड्न फेरी एकपटक फलामकाे च्युरा हुनेवाला छ ।