• दृष्टिकाेण/ सराेज श्रेष्ठ

पछिल्ला समय सस्ताे लाेकप्रियताका लागि नेताका आफ्नाहरूले गर्ने प्रचारकाे डरलाग्दाेरूपमा बढेकाे छ । गर्दै नगरेका काम, गर्न सुरू नगरेकाे काम वा अरूले गरेकाे कामलाइ आफ्नाे भनाउन वा भन्न नेताहरूले आफ्ना कार्यकर्तालाइ लगाउने र कार्यकर्ता त्यसका लागि मरिहत्ते गर्ने क्रम हामीले छ्यास्छ्यास्ती देख्न पाएका छाैँ । यसले जनतामा भ्रम छर्न भने सकिन्छ । जनतामा हाे न हाे फलानाले के के न गर्याे कि भनेर लाग्न सक्छ ।

यसै प्रशङ्मा हिजाे एउटा समाचारलाइ व्यापकरूपमा शेयर गरियाे । शेयर गर्नेहरू डा राजन भट्टराइका मानिस थिए । भट्टराइका अन्ध समर्थकहरूले प्रायाेजितरूपमा समाचारलाइ पढ्दा पनि नपढि शीर्षककाे आधारमा गरेकाे प्रचारले एकखाले भ्रमकाे खेति नै थियाे । यसरी भ्रमित पर्ने र पार्नेहरुकाे भीडमा बुढानिलकण्ठ नगरपालिकामा नगरप्रवक्ता पनि एक हुन् । पछिल्ला समय हाेम आइसाेलेनमा फुर्सद बिताइरहेका प्रवक्ता अर्थ न बर्थका प्रशङ्ग फेशबुकमा हालेर चर्चामा छन् । कुनै समय नगरपालिकाकाे भविष्य भएकाे युवा नेतामा अब्बल मानिएका नगरप्रवक्ता तथा वडा नं १० वडाध्यक्ष आफ्नाे स्वच्छ एवम् निष्पक्ष खाले छविलाइ पूर्णतः तिलाञ्जली दिइसकेका छन् । डा. राजन भट्टराइकाे त उनी अन्धभक्त झैँ हुन् । त्यसैले साे समाचारलाइ शेयर गर्दा अरूलाइ गालीसम्म गर्न भ्याएका छन् ।

क्षेत्र नं ४ आधारभूमिकाे एक स्थानीय अनलाइनले छापेकाे साे समाचार छ के त ? समाचारमा भएका दुइ विषय हुन् गाेपिकृष्ण तीलगङ्गा सुरूङ मार्ग र धाेविखाेला फाेहर प्रशाेधन केन्द्र । यी अमूर्तझैँ लाग्ने याेजना धेरै पहिलाकाे हाे । वर्षाै अघि डा रामशरण महत अर्थमन्त्री हुँदा गाेपिकृष्ण तीलगंगा सुरूङ मार्गकाे याेजना अगाडि बढाइएकाे हाे । पशुपति क्षेत्रकाे पुरातात्विक महत्वसँग सम्बन्धित भएकाले विवादित पनि रहेकाे याे याेजनालाइ साेही बेलादेखि क्रमागत बजेटमा राखिएकाे छ । यसमा काम भने शुरू भएकाे छैन ।

याे सुरूङ मार्गका लागि केही भिन्न भिन्न इन्जिनियरङ एजेन्सिले फरक फरक डिपिआर बनाएका छन् । याे मार्गसँग पुरातात्विक महत्वकाे विश्व सम्पदा सुचि जाेडिएकाले युनेस्काेसँगकाे पारमर्श एवम् ग्रिन सिग्नलकाे आवश्यक थियाे । याे सुरूङमार्ग निर्माणका लागि लगानीकाे सम्भावना केही वर्षदेखि हुँदै आएकाे थियाे । चीन तथा अन्य देशसँग यस मार्ग निर्माणका लागि हुँदै गरेका प्रयास अझै स्पष्ट भने भैसकेकाे छैन । याे विषयसँग अझै पनि युनेस्काे ग्रिन सिग्नल नै पहिला प्राथमिकता त्यसपछि मात्र बनाइदिने दाताकाे विषय आउनेछ ।

याे पुरानाे प्रशङ्ग काठमाडाैँ क्षेत्र नं ४ भएकाले साे समाचारमा क्षेत्र नं समेटिएकाे विषय भएकाले साेलाेडाेलाे डा राजन भट्टराइकाे पहल भनेर प्रेशित गर्याे । त्यसपछि एकखाले मानसिकता भएकाे मानिसलाइ याे गगन थापालाइ गाली गर्ने बहाना बनाए । जुन अत्यन्त कृतिम र भ्रमपूर्ण छ ।

त्यसैगरी अर्काे विषय छ धाेविखाेला फाेहर प्रशाेसन केन्द्र । याे विषय पनि पुरानाे विषय हाे । याे याेजनामा सांसद  गगन थापालगायत धेरैले भूमिका खेलेका छन् । साेही ध्येय अनुरूप बजेट बिनियाेजन भएकाे हाे । धाेविखाेला फाेहर प्रशाेधनका लागि केहि वर्षअघि देखि सांसद कुसु कार्कीले पहल गर्दै आएका थिए ।

समाचारमा अर्काे अतिरन्जनापूर्ण विषय छ  धाेविखाेला करिडाेरलाइ नाैलिनथानसम्म लैजान डा भट्टराइले पहल गरे भन्ने । याे करिडाेर निर्माण तथा विकासका सम्बन्धमा गगन थापाकाे प्रयासले मूर्तरूप लिएकाे निर्विवाद छ । त्यसैगरी सांसद न्हुच्छेनारायण श्रेष्ठकाे प्रयासमा धाेविखाेला सुद्धिकरण, संरक्षण एवम् धाेविखाेलासँगैकाे बस्तीकाे सभ्यताका बारेमा केही वर्षदेखि पहल हुँदै आएकाे छ । याे विषयलाइ पनि साे अनलाइनकाे समाचारले फरक ढङ्गले प्रस्तुत गरेकाे छ ।

रु