बुढानिलकण्ठ नगरपालिकाका मेयर तथा एमाले ओली समूहका प्रदेश कमिटि सदस्य रहेका उद्धव खरेलले साेमबार बिहान अनाैठाे लाग्ने स्वीकृति मागेका छन् । काेराेनाले आक्रान्त भएकाे बेला कतिपय स्थानीय निकायले खाेप ल्याउन स्वीकृति मागिरहेकाे बेला खरेलले भने केपि ओली र माधव नेपाललाइ निर्णायक वार्ता गराउने आफूले पहल गर्ने भन्दै स्वीकृति मागेका हुन् । बिहान ४ बजेतिर उनले आफूलाइ एमाले सिपाही भन्दै आफ्नाे सामाजिक सन्जालमा लेखेका छन्, क. के पि ओलि र क.माधव नेपाल संग क.सुरेन्द्र क. योगेश अनि क.बिष्णु पौडेल ,क.प्रदिप ज्ञवाली साक्षी राखेर निर्णायक छलफल गराउने स्विकिर्तिको लागि अपिल गर्दछु।

बिहान ९ ३० सम्म खरेलकाे याे स्टाटसमा जनाले कमेन्ट गरेका छन् । कमेन्टमा धेरैले शुभकामना सफलता मिलाेस् भनेर शुभकामना दिएका छन् । फरक र अनर्थका कुरामा चर्चामा आइरहने मेयर खरेलकाे याे फेशबुक स्टाटस चर्चामा छ ।