– आकाश शर्मा


बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेकाे  बालउद्धार मा. बि.का प्रधानाध्यापक बिनोद पण्डितको प्रशासनिक गैरजिम्मेवारीका कारण साे स्कूलका ५५ शिक्षक काेराेना विमाबाट बन्चित भएका छन् । प्रअ पण्डितकाे यस गैरजिम्मेवारी एवम् अनियमिततामा  व्यवस्थापन समितिका  अध्यक्ष  ध्रुब प्रसाद घिमिरेको पनि प्रत्यक्ष जाेडिएका छन् ।

समयमै सबै शिक्षकहरूले  काेराेना विमा फारम बुझाए पनि पण्डित र घिमिरेले सम्बन्धित ठाउँमा बुझाएका थिएनन् । स्कूल व्यवस्थापन तथा कतिपय आर्थिक विषयमा पनि पटकपटक अनियमिततामा आराेप लाग्ने गरेका प्रअ पण्डित र व्यवस्थापन अध्यक्ष घिमिरेकाे याे कर्तुत त्यतिबेला सार्वजनिक भयाे जब ९ शिक्षक काेराेना पिडित भएर विमा पाेलिसी माग्दा पाएनन् । काेराेना पिडित शिक्षकहरूले विमा पाेलिसी माग्न जाँदा सम्बन्धित ठाउँमा विमा फारफ  नबुझाएकाे पाइएकाे पिडित शिक्षकले बताए ।

आफ्नाे अनियमितता तथा गैरजिम्मेवारपनलाइ ढाकछाप गर्न प्रअ र अध्यक्षकाे मिलाेमताेमा प्रत्येक शिक्षकलाइ स्कूलकाे काेषबाट १५००० दिने निर्णय गरिएकाे छ । यसरी  स्कूलकाे आन्तरिक श्राेतकाे रकम बाँड्ने निर्णय आफै स्राेतकाे दुरूपयाेग हाे एक शिक्षकले नाम उल्लेख नगर्ने शर्तमा बताए । विमा सम्बन्धित ठाउँमा पुग्याे भने प्रत्येकले एकलाख पाउने अबस्थामा एक त त्यसबाट शिक्षक वन्चित भएका छन् । उनी भन्छन्,  दाेस्राे विद्यालयकाे आन्तरिक श्राेतकाे रकम चुहावट भएकाे छ ।

प्रअ पण्डित र अध्यक्ष घिमिरेकाे यस अनियमितताप्रति शिक्षकहरू रूष्ट भएकाे एक काेराेना पिडित शिक्षकले काठमाडाैँ खबरलाइ बताए । उनले काठमाडाैँ खबरलाइ भने, “शिक्षकहरुले बिमा बापत रु.१,००००० पाउँथे  त्यसबाट बन्चित्स गराई आफ्नो कमजोरिलाई ढाकछोप गर्न बिधलयको सम्पती  रु.१५००० का दरले बाँड्नु कहाँसम्मको गैर जिम्मेवारी हो? विमा फारम भरेका शिक्षकले पाउनु पर्ने रकम शिक्षकहरुले पाउनै पर्छ र बिधालयको एक पनि पैसा बाँडिनु हुँदैन।”

बालउद्धार स्कूल सकारात्मक समाचारमा छाउन नसकेकाे स्कूल हेा । यस स्कूलमा प्रअ भएर आउँदा विनाेद पण्डितकाे ठूलाे विवादमा थिए । उनी जुन स्कूलबाट सरूवा भएर बालउद्धार आउँदै थिए त्यहाँ बिभिन्न प्रकरणमा मुछिएका कारण मुद्धासमेत परेकाे थियाे । काठमाडाैँ खबरमा विनाेद पण्डितकाे बारेमा केही समाचार पनि छापिएकाे थियाे । हालै व्यवस्थापन समितिमा अध्यक्ष भएर आएका ध्रुव घिमिरे जसरी व्यवस्थापन समिति अध्यक्ष भए त्याे विषय नै विवादित छ । घिमिरेकाे छवि पनि विवादित, माैकापरस्त एवम् दलबदलु रहँदै आएकाे छ ।