बुढानिलकण्ठ नगरपालिका वडा नं १० काे बालउद्धार स्कूलकाे बारेमा काठमाडाैँ खबरमा प्रकाशित समाचारकाे स्कूल व्यवस्थापन समितिका अध्यक्षले खण्डन गरेका छन् ।  स्कूल प्रअ र व्यवस्थापन समितिका अध्यक्षकाे गैरजिम्मेवारीले ५५ शिक्षक शिक्षिका काेराेना विमाबाट बन्चित भन्ने समाचारकाे व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले ४ पेज लामाे खण्डन काठमाडाैँ खबरलाइ पठाएका हुन् ।

शिक्षक बिमाबाट बन्चित भए भन्ने विषयमा उनले खण्डन गर्दै घिमिरेले लेखेका छन्, “शिक्षककाे विमा विषय व्यवस्थापन समितिले निर्णय गर्ने विषय नभएकाे बताएका छन् । याे प्रअ सप्रअ वा उहाँहरूले तेाकेकाे व्यक्तिले गर्ने नियमित काम हाे र साेही अनुसार भएकाे बुझेकाे छु । यसमा विद्यालय व्यवस्थापन समिति वा अध्यक्षकाे कहाँ संलग्नता वा अनियमितता देखियाे ? खण्डन गरिपाउँ ।”

घिमिरेले अगाडि लेखेका छन् , मैले प्राप्त गरेकाे सूचनाका आधारमा सबै शिक्षकहरूले फारम समयमै बुझाउनु भएकाे सत्य हाे । र विद्यालयका प्रअ स्वयमले प्राप्त फारमलाइ संकलन गरी नगरपालिकाकाे शिक्षा शाखाबाट लिएर समयमै आइएमइ जनरल इन्सुरेन्समा बुझाएकाे पनि सत्य हाे । त्यसपछिका बाँकी कुरा प्रअसँग जानकारी लिनसक्नुहुन्छ ।  यसमा विद्यालय व्यवस्थापन समिति वा अध्यक्षकाे अनियमितता कहाँ देखियाे ?

४ पेज लामाे उनकाे खण्डनमा विद्यालयमा आफूले गरेका कामका बारेमा उल्लेख गरे पनि विद्यालयका प्रअ विनाेद पण्डितका बारे तथा पण्डितकाे भूमिकाका बारे भने केहि पनि उल्लेख गरेका छैनन् । याे विमाकाे काम प्रअकाे भएकाे यसमा व्यवस्थापन समितिकाे कुनै भूमिका नरहेकाे आशय प्रकट गर्दै घिमिरेले विद्यालयमा कुनै पनि किसिमकाे आर्थिक अनियमितता नभएकाे बताएका छन् ।