काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । । हिजाे बसेकाे बैठकले नै एकसाता देखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने निष्कर्षमा पुगेकाेमा के खुल्ने के नखुल्ने बारे आज निर्णय हुनेछ । गत विहिवारबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने निष्कर्षमा बैठक पुगेको थियाे  ।

अबकाे निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजे सम्म खोल्न दिने सम्भावना रहेकाे छ । साथै निजी तथा सार्वजनिक निर्माणको काम चलन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बसेर स्वास्थ्यका मापदण्ड पुरा गर्नु पर्ने छ ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि राती १२ पछि सकिँदैछ । थप निषेधाज्ञामा सार्वजनिक यातायात र निजी सवारी साधन र अनावश्यक हिड्डुललाई भने कडाई गरिने भएको छ ।(फाेटाेः गाेरखापत्र)