बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ तथा वडा कार्यालयकाे पहलमा बुढानिलकण्ठमा ८ वटा  अक्सिजन कन्सन्ट्रेटर बितरण गरिएकाे छ । ती अक्सिजन कन्सन्ट्रेटरलाइ वडाध्यक्ष श्रेष्ठले विएमसी स्कूलकाे आइसाेलेसन सेन्टरमा  दुइवटा, बुढानिलकण्ठ नगर अस्पताल अस्थायी ओपिडी सेवा सेन्टरमा २ वटा,  वाड नं ६ र ७ काे स्वास्थ्य चाैकीलाइ एकवटा, वडा नं १३ काे बर्थिङ सेन्टरमा २ वटा र वडा नं ३ मा रहेकाे स्वास्थ्य चाैकीमा २ वटा प्रदान गरेका छन् ।

वडा नं ३ कार्यालय तथा वडाध्यक्ष श्रेष्ठकाे व्यक्तिगत पहलमा बिभिन्न दाताबाट संकलन गरिएकाे अक्सिजन कन्सन्ट्रेरले काेभिडका बिरामीलाइ अस्पताल नपुगीकन उपचार लिन सहज हुने विश्वास लिइएकाे छ ।