• सम्पादकीय

दुइ महिनाअघि नेपालकाे राजधानी काठमाडाै विश्वमै पाेलुटेड सहरकाे सूचिमा पहिलाे वा दाेस्राे नम्बरमा दर्ज भैरहेकाे थियाे । वायु प्रदुषणका कारण देखिएकाे याे डरलाग्दाे सूचिले उपत्यकाकाे सहरी वातावरण एकदमै कमजाेर छ भन्ने प्रमाणित गरेकाे छ । अस्तव्यस्त बस्तीका साथमा हरियालीकाे कमिले गर्दा वातावरण एकदमै अस्तव्यस्त छ । त्यसमाथि वायु प्रदर्शन थपिँदा झन् उपत्यकालाइ बस्न अयाेग्य बनाइरहेकाे छ । यस्ताेमा सरकारले नीतिगतरूपमै केही महत्वपूर्ण गर्न आवश्यक छ जसले भावी पुस्तालाइ वातावरणकाे समस्या सामना गर्न नपराेस् । बढ्दाे सहरीकरणलाइ वातावरणमैत्री बनाउन सकिएन भने अब काठमाडाै बस्न अयाेग्य सिटीका रूपमा चर्चित हुने सम्भावना देखिन्छ ।

सरकारले यसलाइ उचित सम्बाेधन बैलेमा गर्न पर्ने आवश्यकता एकातिर  छ भने जनताले आफूलाइ सचेत बनाएर यसप्रति चासाे व्यक्त गर्न आवश्यक छ । जनताकाे अचेतनाका कारण उपत्यकाका सार्वजनिक जमिन व्यापकरूपमा दुरूपयाेग भएकाे छ । बिभिन्न संघसंस्थाका नाममा बाँडिएका सार्वजनिक जमिनकाे वातावरणीय उपयाेग कतै भएकाे छैन । त्यसैगरी सार्वजनिक जमिनलाइ सेटिङ मिलाएर हडपेर आफ्नाे बनाएकाे धेरै उदाहरण काठमडाैँमा पाइन्छ । सार्वजनिक जमिन वा खाेलालाइ हडपेर घर जग्गा बनाएर उपयाेग गर्नेहरूमा नाम चलेका वा पहुँचवालाकाे बहुल्यता छ ।

एकतिर राज्यसँग सार्वजनिक जमिन र  सामुदायिक वनलाइ वातावरणीय सदुपयाेग हेतु उपयाेग गर्ने समूचित नीति छैन त्यसैगरी जनसामान्य पनि यसलाइ वातावरणीय सदुपयाेग हुनुपर्छ भन्नेमा चेतनशील छैन । यसैकारण उपत्यकाका सार्वजनिक जमिन नासिँदैछ सकिँदैछ । सहरमा देखिएकाे खुल्ला ठाउँकाे अभावप्रति जनतामा जहिलेसम्म उकुसमुकुसकाे अनुभूति हुँदैन वातावरणीय क्रान्तिकाे सुरू हुनेवाला छैन ।

खुला ठाउँको अभावमा हामीमध्ये कतिपयले दुःख झेल्नु पर्यो भने कतिपय खुला ठाउँमा आनन्दले बस्यौँ । वास्तवमा भूकम्पको समयमा टुँडिखेल नै सर्वसाधारणको सुरक्षित आश्रय स्थल बनेको थियो । सयौँ मान्छे त्यहीँ टुँडिखलमा आश्रय लिए लामो समयसम्म बसे । तर विडम्बना नै मान्नुपर्छ, त्यस लगत्तै हामीले टुँडिखेलको महत्वलाई चटक्क भुल्यौँ । त्यहाँ विभिन्न भौतिक संरचना बनाएर भाडामा लगाउन थाल्यौँ ।

सार्वजनिक जमिनहरूलाइ हरियाली सहितको खुला ठाउँ बनाउन अब ढिलो गर्नुहुँदैन । सार्वजनिक जमिनमा बनाउने कंक्रिटका संरचना राेक लगाउनुका साथै बनेकाे संरचना हटाउने प्रयास हुनु पर्छ ।  यसका लागि काठमाडौँका स्थानीय तहले नेतृत्व लिनुपर्छ । यसमा कुनै पनि राजनीतिक दलको स्वार्थ हावी हुनुहुँदैन । वातावरण सबैको साझा एजेण्डा भएकाले विवाद गर्नुपर्ने कुनै कारण देखिँदैन ।  यो अभियानलाई बिस्तार गरेर प्रत्येक टोलटोलमा पु-याउन आवश्यक छ । साथै मिचिएिका सार्वजनिक जग्गाहरूको पहिचान गरेर ती स्थानलाई पार्क र खुल्ला स्थान बनाउन पनि आवश्यक छ ।

भविष्यमा आइपर्ने कुनै विपद्लाई लक्षित गरेर मात्र होइन, वातावरणका हिसाबले पनि अब खुला स्थानको संरक्षण गर्न ढिलो भइसकेको छ । त्यसैले प्रत्येक टोलटोलमा स्थानीयहरू भेला भएर यस्ता अभियानलाई अगाडि बढाउनु आवश्यक छ । अहिले पनि धेरै गाउँ तथा नगरपालिकामा सार्वजनिक जग्गा हडपिएका छन्, त्यसलाई तत्काल फर्काउन आवश्यक छ । टुँडिखेलमा जस्तै सार्वजनिक जग्गामा संरचना बनाएर भाडामा लगाउने कार्य अन्यत्र पनि भइरहेका छन् । यसलाई सम्बन्धित निकायले तत्काल रोक्नु पर्दछ ।

उपत्यकाकाे जल, जमिन, वनपैदावर तथा जिवजन्तुलाइ संरक्षण नगरे उपत्यका मृत सहर बन्ने अबस्थामा पुगेकाे छ । उपत्यकाकाे समथर क्षेत्रमा रहेकाे सार्वजनिक जमिनहरू, केही मात्रामा रहेका सामुदायिक बनलाइ स्थानीय जनता तातेर वातावरणीय उपयाेग गर्न राज्य तथा स्थानीय तहस्ँग झगडा गर्न आवश्यक छ । जनता नताती वातावरण तथा सार्वजनिक जमिन संरक्षण हुने सम्भावना निकै कम देखिन्छ ।