• केशव पाठक

नयाँ पत्रिका दैनिकमा छापिएकाे एक समाचार विवेकशील साझाका युवा नेता अब्दुस मियाँले शेयर गरे । समाचार थियाे,  “जनप्रतिनिधि नै गिटी–बालुवाका ठेकेदार”। समाचारमा काभ्रेका जनप्रतिनिधि जाे राेडा बालुवा क्रसरसँग सम्बन्धित भएर वातावरण एवम् प्रकृति विनास गरिरहेकाहरूकाे कथा लेखिएकाे छ ।  अब्दुस याे समाचार सेयर गर्दै लेख्छन्, “यिनिहरूलाइ ऐनामा आफ्नो अनुहार र पार्टीमा आफ्नो काम सम्झेर आफूप्रति घिन लाग्दैन होला?”ऐनामा आफ्नो अनुहार र पार्टीमा आफ्नो काम सम्झेर
आफूप्रति घिन लाग्दैन होला?

हामी सामान्य जनताले आफूले कसलाइ भाेट हालेउँ । हाम्रा जनप्रतिनिधिकाे कमाइकाे आधार के ? यिनिहरूकाे आर्थिक अबस्था कस्ताे छ वा अहिले कस्ताे भयाे ? यिनिहरूकाे सम्पत्ति के दुखले आर्जेकाे हाे ? वा हाम्रा जनप्रतिनिधि आफै दलाली काम गरिरहेकाे, ठेकेदारी गरिरहेकाे वा प्लटिङ गरिरहेका, प्रकृति वा वातावरण विनासकाे हिस्सा बनिरहेकाे के जनताले बुझ्न भ्याएका हाेलान् ?

सांसद भएर, मेयर भएर, वडाध्यक्ष भएर लुटेकाे छ नि सम्म त गाली गर्दा सबैले भन्लान्  तर लुटेकाे भनेकाे के र त्याे लुटेकाे छ कि छैन भन्नेसम्म ध्यान दिनचाहिँ जनसमान्यले सकेकाे देखिदैन । आफ्नाे जनप्रतिनिधिकाे काम के हाे ? पेशा के हाे भनेर साेच्न भने जनसामान्यले चासाे नै राख्दैनन् ।  जनप्रतिनिधिकाे जीवनशैलीमा देखिएकाे व्यापक परिवर्तनलाइ जनताले जबसम्म अचम्म मानेर खाेजबिन गर्दैनन् हाम्रा जनप्रतिनिधिकाे भ्रष्टाचारी मनाेवृत्ति झन् झन् बढ्नेछ ।

सन्दर्भ जाेडाैँ बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधकाे । के बुढानिलकण्ठका जनप्रतिनिधिकाे आर्थिक अबस्थाका बारेमा यहाँका जनता सचेत छन् त । बुढानिलकण्ठका जनप्रतिनिधिहरूकाे जिविकाेपार्जनका आधार के हाेला ? चुनावका बेला वडाध्यक्ष जित्न २० औँ लाख खर्च गर्न सक्ने हैसियत कसरी बन्याे ? त्याे बेला गरेकाे खर्च यिनीहरूले कसरी उठाए हाेलान् ? जनताले यसरी प्रश्न गरेर मनन गर्ने कहिले  ?

काठमाडाैँ खबरमा सबैभन्दा धेरै समाचार लेखिएकाे वडा नं १३ का वडाध्यक्षलाइ प्लटिङदेखि बालुवा वासिङसम्मका गलत काममा जाेडिएकाे छ । पटकपटक यस विषयमा जाेडिँदा पनि यी वडाध्यक्ष माैनता साँधेर बसेका छन् । मानाै उनी स्वीकार गर्छन् हाे म यस्तै प्लटिङ, वासिङ, ठेकेदारीमै आफूलाइ टिकाएकाे छु । नत्र आफ्नाे सबै कुरा किन सार्वजनिक गर्ने हैसियत राख्दैनन् । प्रश्न वडा नं १३ काे मात्र हैन कपनदेखि बुढानिलकण्ठसम्मका धेरै वडाध्यक्षलाइ याे प्रश्न गर्न पर्ने देखिन्छ ।

जनप्रतिनिधि आफै प्लटिङ गर्ने, डाेजर लगाउने, दलाली गर्ने पेशामा कसरी संलग्न हुन पाउँछ ? यसमा उसकाे नैतिकताकाे प्रश्न उठ्दैन हाेला ? तपाइँ एकपटक बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडाका वडाध्यक्षहरूकाे नाम, काम, अनुहार र हैसियत हेर्नुस् । यीमध्ये कतिजना दलाली, ठेकेदारी तथा प्लटिङ गर्छन् हाेला । वडा नं १ देखि वडा नं १३ सम्म सर्सिति हेर्नुस् आधाआधी वडाध्यक्ष यहि तीन काममा दक्षता राख्छन् । तपाइँ हामीले कस्तालाइ वडाका राजा बनायाैँ ? यसरी साेच्याैँ भने हरेक मतदातालाइ आफ्नाे भाेटप्रति सम्भवतः  घिन लाग्नसक्छ ।

हिजाे के भए याे कुरा छाडेर अब भाेलि के गर्ने कुरातिर साेचम् एकपटक । भाेलिका राजनीतिमा हामी सर्वसामान्यमाथि हावी हुने नेताहरूकाे कामकाे व्याख्या गरूम् त एकपटक । उनीहरूकाे आर्थिक पारदर्शिताकाे वा आर्थिक अबस्थाकाे फेहरिस्त खाेल्ने प्रयास गरम् त एकपटक ।

जनप्रतिनिधि भनेकाे जनताकाे नाेकर हाे तर राजा झैँ आफूलाइ चित्रित गरिरहेकाे तपाइँका वडाध्यक्षकाे आर्थिक हैसियत दलाली, ठेकेदारी तथा जग्गा प्लटिङका प्रत्यक्ष पराेक्षमाध्यमकाे बदाैलत हाे भन्ने बुझ्दा के तपाइँ जनतालाइ कुनै फरक पर्दैन ? कहिलेसम्म पर्दैन ?  यसरी हेर्दा के दलाली गर्न, ठेकेदारी गर्न वा प्लटिङ गर्न नपाइने हाे र भन्ने ढङ्गबाट पनि कुरा उठ्न सक्छ । तर जनप्रतिनिधि आफै दलाली पेशामा संलग्न छ वा ठेकेदारी पेशामा संलग्न छ भने उसले के विकासका काम गर्ला ?

जनताले सदैव चुनावमा कार्यकर्ताझैँ बनेर भाेट हालुन्जेल तपाइँ हाम्रा जनप्रतिनिधि यस्तै हैसियतबिनाका हुनेछन् । भाेट नै दलाल, प्लटर अनि ठेकेदारालाइ दिएकाे छ भने उसले निश्चित कमाउ धन्दा नै गर्ने हाे । सचेत बनाैँ जनता ।