पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएका २० हजार ८१३ वटा नमूनाको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ तथा मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।