• केशव पाठक

हरसाल जुन महिनाकाे ५ तारिक विश्व वातावरण दिवश पर्दछ । जुन ५ अर्थात हिजाेका दिन २०२१ काे वातावरण दिवश थियाे । विश्व वातावरण दिवशकाे केही दिनमात्र अघि नेपाल सरकारले चुरे पर्वत श्रृङ्खलाका गिट्टि, बालुवा र माटाे बेचेर व्यापार घाटा न्युनिकरण गर्ने निर्णय सार्वजनिक गरेकाे थियाे । सम्भवतः वातवरण दिवशकाे सेराेफेराेमा  यस्ताे गम्भीर निर्णय गरिएकाे विश्व इतिहासका थाेरै घटनामध्ये याे हुनसक्छ । सरकारकाे याे निर्णयसँगै सिँगाे देश चुरेदाेहनकाे विपक्षमा उभियाे । समाचारदेखि सामाजिक सन्जालसम्म ओली सरकारकाे याे गम्भीर निर्णयकाे आलाेचनामा भरिए । याे क्रम जारी छ ।

चुरे दाेहनलाइ पश्रय दिने गरी सरकारले गरेकेा याे निर्णयकाे बिराेध भैरहेकाे बेला विश्व वातावरण दिवश आइपुग्याे । चुराे दाेहन वा चुरे वचाउ अभियानसँग जाेडिएकाे एकमात्र पक्ष वातावरण नै थियाे । चुरे दाेहनमा सरकारलाइ गाली गर्ने यावत् आवाज विश्व वातावरण दिवशका दिन भने चुपचाप रहे । मानाै याे दिवशकाे कुनै महत्व नै छैन । जाे चुराेदाेहनसम्बन्धि सरकारी निर्णयलाइ स्वीकारका गर्ने पक्ष थिए(एमाले ओली समूह, जसपा ठाकुर समूह) उनीहरू त वातावरणप्रति अचेत हुनु स्वभाविक थियाे तर बाँकी सबकाे  चुरेदाेहनकाे विराेध चुरेकाे नाममा सरकारकाे आलाेचनामात्र रहेछ भन्ने आभाष वातावरण दिवशका दिनमा उनीहरूकाे माैनताले देखाउँछ ।

२०२१ विश्व वातावरण दिवशकाे थिम थियाे ecosystem restoration । पृथ्वीकाे प्राकृतिक वातावरण एकपटक फेरि पुरानै र राम्राे अबस्थामा लैजानु । यसअघि २०२० काे थिम थियाे जैविक विविधता, २०१९ काे थिम थियाे वायु प्रदुषण । यसवर्षकाे थिमसँग नेपालकाे अन्धाधुन्ध सहरीकरण, चुरेदाेहन, वन विनाश, वायु प्रदुषणलगायतका विषयलाइ सम्बाेधन गर्ने अवसर थियाे । तर सरकारले वातावरण दिवश सप्ताहलाइ चुरेदाेहन निर्णयमा प्रवाह गरिसकेकाे छ । विपक्षहरू चुरेकाे नाममा सरकारकाे गालीमै मात्र सिमित रहे । उनीहरूले वातावरण दिवशलाइ सम्झना गर्ने कुनै काम गरेनन् ।

हाम्रा नेता वा जनप्रतिनिधि वातावरण एवम् प्रकृतिका बारेमा कति सचेत छन् भन्ने कुरा उनीकाे व्यवहारले मात्र नभै उनीहरूले बिभिन्न मञ्चमा दिने अभिव्यक्तिले पनि देखाउँछ । बिभिन्न राजनीतिक विषयमा अनानफनान सामाजिक सन्जालमा लेख्ने नेताहरू, सामाजिक अभियान्ताहरूले वातावरण तथा प्रकृतिका विषयमा भने खासै लेख्दैनन् । नजिकका चिनेका वा प्रत्यक्ष प्रभाव पर्ने १० जना नेता जनप्रतिनिधिकाे सामाजिक सन्जाल केलाउनुस् वातावरण दिवशमा उनीहरूले एक शब्द पनि लेखेका देखिदैन । सामान्य वडासदस्यवडाध्यक्षदेखि नेता तथा सांसदहरुले वातावरण दिवशलाइ कुनै महत्व दिएनन् तर चुरेकाे बारेमा भने प्रायले कि पक्षमा कि पराेक्षमा लेख्न वा कमेन्ट गर्न भ्याएका छन् ।

यस लेखककाे नजिकका केही नेता तथा जनप्रतनिधिकाे सामाजिक सन्जाल केलाउँ एकपटक । बुढानिलकण्ठ नगरपालिकामा बस्ने यस लेखककाे स्थानीय तहमा नगरप्रमुख छन् उद्धव खरेल । खरेल कहिले उट्फट्याङ कहिले अनर्थका विषय आफ्नाे फेशबुक एकाउन्टमा लेख्ने गर्छन् ।  बस्तीकाे विकासकाे चरम मारमा वातावरणकाे डरलाग्दाे क्षयीकरण भैरहेकाे बुढानिलकण्ठ नगरपालिकाका मेयरले वातावरणकै बारेमा भने केही पनि लेखेनन्, शुभकामनासमेत लेख्ने चेतना उनमा देखिएन । अब वडासदस्य वा वडाध्यक्षका सामाजिक सन्जालले केही अभिव्यक्त गर्याे किन भनेर साेच्नु बेकार नेै  । नगरप्रवक्तासमेत रहेका वडा नं १० का वडाध्यक्षले चाहिँ ३ वर्षअघिकाे मेमाेरी सेयर गरेका छन् र शुभकामना लेखेका छन् ।

यसपछि प्रदेशसभा सदस्यहरुकाे कुरा गरुँ, काठमाडाैँ क्षेत्र नं ४ र ५ का कुनै पनि प्रदेशसभा सदस्यले वातावरण दिवशलाइ सम्झिएनन् । प्रदेशसभा सदस्य दीपक निराैला, कुसु कार्की, न्हुच्छेनारायण श्रेष्ठ, राधा घले, नारायण सिलवाल,नराेत्तम वैध कसैले पनि वातावरण दिवशकाे दिन आफ्नाे सामाजिक सन्जाललाइ समेत उपयाेग गरेनन् ।

यसपछि आयाे संघका माननीय एवम् नेताहरूकाे केलाउने पालाे । काठमाडाैँ क्षेत्र नं ४ र ५ देशलाइ हाँक्ने दुइ नेता विजयी छन् । काँग्रेस नेता गगन थापा तथा हालै उपप्रमबाट हटाइएका इश्वर पाेखरेल । यी दुवैले वातावरण दिवशलाइ सम्झिएकाे देखिदैन ।

अब कुरा यसरी गराैँ, वातावरणजस्ताे गम्भीर विषयमा गगन थापा, इश्वर पाेखरेलकाे सामाजिक सन्जालसमेत बाेल्दैन भने अरूबाट के आशा गर्ने ? वातावरणप्रतिकाे हाम्राे सजगता एवम् गम्भीरताकाे हैसियत यसैबाट दाँजिन्छ । हाम्राे सहर कुरूप एवम् अव्यवस्थित हुन हाम्रा नेताहरूकाे वातावरणसम्बन्धि चेतना एवम् ज्ञानकाे अभाव रहनु नै हाे । जबसम्म हामीले जिताएर पठाएका वा हामीलाइ नेतृत्व गर्ने नेताहरूमा यस्ता विषयले पश्रय पाउँदैन प्रकृतिदाेहन चलिरहन्छ, चुरै मासिइरहन्छ, खाेला मासिइरहन्छ, डाँडा भासिइरहन्छ ।

जनता स्वयम् यसकाे मुख्य दाेषी हाे । चुनावमा भाेट माग्द नेताहरूलाइ कसी लगाएर जाँचेकाे खै । दासझैँ आँखा चिम्लेर सूर्य,  रूख वा यस्तैयस्तै चुनाव चिन्हमा जनता भनिने वर्गले जबसम्म भाेट हालिरहन्छ तबसम्म यस्ता गम्भीर विषय अर्थहीन भैरहन्छन् ।