प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । शुक्रबार मात्रै जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका प्रधानमन्त्री ओलीले फेरि केही मन्त्रीहरु थप्ने तयारी थालेका हुन् ।

ओलीले माधवकुमार नेपाल पक्ष र माओवादी केन्द्रबाट आउनेहरुलाई समेट्ने गरि तयारी गरेको बुझिएको छ । अहिले पनि प्रधानमन्त्री अ‍ोली आफैले ७ मन्त्रालयको जिम्मेवारी लिएका छन् । बालुवाटार स्रोतका अनुसार तत्काल केही मन्त्री थप गरेर नेपाल पक्षबाट आउनेहरुका लागि केही बाँकी राख्ने योजना ओलीको छ ।

यसपटक थपिने मन्त्रीकाे सूचिमा चर्चित छन् महेश बस्नेत । ओलीका धुरन्धर समर्थक बस्नेत सूचना तथा संचारमन्त्रीकाे साथै सरकारकाे प्रबक्ता बन्ने सम्भावना रहेकाे सरकारी सूचना पत्र गाेरखापत्रले छापेकाे छ । केही महत्वपूर्ण मन्त्रालय प्रम ओलीसँग रहेकाले साे मन्त्रालयहरूका लागि

 खगराज अधिकारी, मोहन बानियाँ, नारदमुनि राना, विमला गुरूङ, आशा विश्वकर्मा, सुजिता शाक्यले दाैडधुपमा रहेका छन् । ओलीसँग हाल गृह, रक्षा, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन,वन तथा वातावरण र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय छन्।