नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ ले काेभिडका बिरामीहरूलाइ लक्षित गरेर संचालन गरिरहेकाे विशेष सेवा कार्यक्रमलाइ अजीज फाउण्डेसन र कपन भेट्रान क्लबले स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । अजीज फाउण्डेसन र कपन भेट्रान क्लबका तर्फबाट पासाङ शेर्पाले १५०० मास्क तथा डेढ लिटर स्यानिटाइजर नेका क्षेत्र नं ४ काे अैँचाेपैँचाे कार्यक्रमलाइ दिएका तरूण दल बुढानिलकण्ठका अध्यक्ष राजुविक्रम थापाले बताए ।

त्यसैगरी अजीज फाउण्डेसनले नेकपा माओवादी केन्द्र बुढानिलकण्ठकाे सहयाेग समितिलाइ २००० मास्क, १०१ वटा डेटाेल  सावुन र ५ लिटर स्यानिटाइजर प्रदान गरेकाे छ ।