बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा भएकाे एक विकासे गतिबिधिमा चरम लापरबाही भएकाे देखिएकाे छ । विकासे गतिबिधिमा अनुगमन कमी तथा भ्रष्टाचारका कारण न्यून गुणस्तर हुने गरेकाे अबस्थामा रातमाटे डाँडामा भैरहेकाे काममा लापरबाही देखिएकाे हाे । २५ लाख रूपैँया बिनियाेजित भएर काम भैरहेकाे काममा पिसिसि ढलानकाे खुट्किला निर्माणमा गुणस्तरहिन काम भएकाे देखिएकाे छ । सिधै माटाेमा आधा इन्च ढलान गरेर बनाइएकाे खुट्किला भर्याङकाे फाेटाे सामाजिक सन्जालमा भाइरल भएकाे छ ।

अनियमितता र भ्रष्टाचारका समाचारमा छाउने वडाकाे रूपमा लिइएकाे वडा नं १३ भएकाे यस लापरबाहीपूर्ण कामका बारे महेन्द्र श्रेष्ठले आफ्नाे सामाजिक सन्जालमा फाेटाेसहित विवरण राखेपछि भाइरल भएकाे हाे । श्रेष्ठ नेपाली काँग्रेस इकाइ सभापति हुन् ।