काेराेनाकाे महामारी चलिरहेकाे छ तर याे महामारीले पनि खाेलादाेहनलाइ राेकेकाे छैन । जनता महामारीमा घरभित्र रहेकाे बेला खाेला उत्खनन गरेर पैसा कमाउन धन्धा चलिरहेकाे छ । पर्वत जिल्लामा कालीगण्डकी नदीमाथि डोजर, एक्स्काभेटर, टिपर र ट्र्याक्टरको ताँती छ । दाेहन बेराेकटाेक छ । पुलिसप्रशासन वा स्थानीय तह कतै छैन ।

याे दाेहन अघिल्ला वर्षको तुलनामा कल्पना बाहिरको चरम दोहन भएका पत्रकार, लेखक तथा कलाकार आरके अदिप्त गिरी लेख्छन्  ।  गिरी आफ्नाे सामाजिक सन्जालमा लेख्छन्,  स्थानीय सरकार र प्रशासन कुन साँठगाठमा छ !? प्रश्न गरौँ, आवाज उठाऔँ ।