कपन जेसिसले कपन प्रहरी प्रभागलाइ बिभिन्न किसिमकाे आवश्यकीय स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ । कपन प्रहरी प्रभागमा भएकाे हस्तान्तरण कार्यक्रममा जेसिसले मास्क, स्यानिटाइजर, फेससिल्डलगायतका स्वास्थ्य सामग्री प्रहरीलाइ हस्तान्तरण गरिएकाे थियाे । कपन जेसिसका अध्यक्ष नवराज वनले साे सामग्री प्रभागका इन्चार्ज भगवती तिमल्सिनालाइ हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कपन जेसिस पूर्व अध्यक्ष तथा नेपाल जेसिसका सल्लाहकार विकास श्रेष्ठ, पूर्व अध्यक्ष जेवि दीपक अधिकारीसहित कार्यसमितिका उपाध्यक्ष तथा नेपाली काँग्रेसका नेता श्याम तिमल्सिनालागयत १ दर्जन सरकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे ।