काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिकामा भेराेसिल खाेप लगाउने कार्यक्रममा व्यापक अनियमितता भएपछि स्थगित भएकाे छ । खाेप लगाउने कार्यक्रमअन्तर्गत २५ देखि २७ गतेसम्म ६० माथिका नागरीकलाइ दिइने क्रममा जेठ २५ र २६ गते जनप्रतिनिधिहरूले व्यापकरूपमा कम उमेरका मानिसलाइ खाेप बाँडेपछि बिराेध भएकाे थियाे । व्यापक बिराेधपश्चात २७ गतेकाे खाेप कार्यक्रम स्थगित भएकाे छ ।

यस नगरपालिकामा राखिएकाे ३ वटा खाेप केन्द्र मध्ये वडा नं १० काे बालउद्धार स्कूलमा रहेकाे खाेप केन्द्रमा व्यापक अनियमितता भएपछि २६ गते साामन्य झडपसम्म भएकाे थियाे । जनप्रतिनिधि तथा उनीहरूका मानिसले भटाभट आफ्ना नातेदार र नजिकलाइ खाेप लगाएपछि झडप भएकाे थियाे । यसरी बृद्ध वर्गलाइ ल्याइएकाे खाेप जाे पायाे त्यहीलाइ बाँड्दा लक्षित उमेर समूहका कतिपय खाेप लाउन आएर पनि फर्किएका थिए ।

६० वर्षमाथि मानिस सकि नसकी खाेप केन्द्रमा आएर खाेप लाउन नपाएर फर्कने तर जनप्रतिनिधिका आफन्त र पार्टीका कार्यकर्ता भने सहज खाेप लगाएर फर्किएकाे गुनासाे र बिराेध गएपछि २७ गतेकाे खाेप कार्यक्रम अनिश्चितकालिन बन्द राेकिएकाे छ ।

बालउद्धार खाेप केन्द्रमा अनियमितताकाे व्यापक गुनासाे र झडपले यस नगरपालिकाकाे अन्य दुइ खाेप केन्द्र पनि अनियमितता भएकाे दाेषी हुन परेकाे छ  ।

बुढानिलकण्ठमा भेराेसिल खाेपमा जनप्रतिनिधिबाट व्यापक अनियमितता भएकाे भनेर चाैतर्फि बिराेध भएकाे छ । एमाले नेता ध्रुवराज न्याैपाने आफ्नाे सामाजिक सन्जालमा लेख्छन्, हाम्रो नगरपालिकाको सुशासन ? यदि यो पहुच को आधारमा होइन भने नगरपालिकाले खोप लगाउने मान्छेहरुको नामावली र उमेर सार्बजनिक गरोस्।

नगरपालिकाले आफ्नाे मुखपत्र बनाएर नगरपालिकाबाटै प्रकाशित हुने एक अनलाइन पाेर्टलले नगरपालिकाकाे हरेक पक्षकाे बचाउ गर्दै आए पनि यस समाचार र विषयका बारे अझै केही लेखेकाे छैन । बुढानिलकण्ठ न्युज नामकाे यस अनलाइन पाेर्टलले मेयर तथा मेयरपक्षीय कामकाे पृष्ठपाेषण गर्दै आएकाे छ ।