बुढानिलकण्ठ नगरपालिकाका दुइजना सल्लाहकारले राजिनामा दिएकाे २ महिना बितिसकेकाे छ । मेयरकाे कार्यशैलीप्रति असहमति राख्दै दिएकाे राजिनामा मेयर उद्धव खरेलले अझै स्वीकृत गरेका छैनन् । खानेपानी तथा खेलकुद विषयक सल्लाहकार रविन अधिकारी तथा प्रशासन व्यवस्था सम्बन्धि सल्लाहकार दुर्गाप्रसाद आचार्यले असहमति राख्दै दिएकाे राजिनामा लामाे समय बितिसक्दा पनि मेयर खरेलले किन स्वीकृति नगरेकाे भने थाहा हुन सकेकाे छैन ।

नगरपालिकामा दीर्घकालिन महत्व राख्ने  बिभिन्न विषयमा आधा दर्जनभन्दा धेरै प्रस्ताव एवम् सल्लाह मेयरले कुनै पनि नसुनेकाे तथा विकास र नगरकेा प्रगतिमा सिन्काे नभाँचेकाे भन्दै आचार्यले  राजिनामा दिएका थिए । त्यसैगरी खानेपानी र खेलकुदका क्षेत्रमा कतिपय महत्वपूर्ण प्रस्ताव दिएका अधिकारीले आफ्नाे प्रस्ताव स्वीकार नगरिएकाे गुनासाे र मर्मलाइ थाति राखि  पार्टी बिभाजन पछि अब सल्लाहकार बन्न नसक्ने भनेर राजनिमा दिएका थिए ।

मेयर खरेलले सल्लाहकार नियुक्त गरेका प्रायः कसैकाे कुरा नसुन्ने गुनासाे सुरूदेखि नै सुनिँदै आएकाे थियाे । प्रमुख सल्लाहकार भनिएका तलब खाने सुन्दर पुर्काेटीबाहेक अन्य सबै सल्लाहकारले अनाैपचारिकरूपमा मेयर खरेलले कुनै सल्लाह नमागेकाे र अर्थहिन सल्लाहकार बनाएकाे भन्दै आएका थिए । मेयर खरेललाइ कसैकाे नसुन्ने र आफूले पनि केही नगर्ने मेयरकाे रूपमा चिनिँदै आएकाे छ ।

खरेलले आफ्नाे चारवर्षे कार्यकालमा कुनै पनि उल्लेखनीय काम गरेका छैनन् । खरेलकाे कामप्रति उनैकाे पार्टी तथा गुट पनि असन्तुष्ट देखिँदै आएकाे छ ।