समाजसेवाका क्षेत्रमा सक्रिय रहेकाे जीज फाउण्डेसनले काेभिडकाे महामारीमा आफूलाइ सक्रिय बनाएकाे छ । फाउण्डेसनले चन्द्रागिरी नगरपालिकामा रहेकाे आइसाेलेसन सेन्टरलाइ सर्जिकल मास्क, फेससिल्ड, स्यानिटाइजर तथा पिपिइ ड्रेस सहयाेग गरेकाे हाे । चन्द्रागिरी ८ मा रहेकाे आइसाेलेसन सेन्टरलाइ अजिज फाउण्डेसनकाे तर्फबाट अध्यक्ष सेर्की ल्हामु शेर्पा तथा उपाध्यक्ष पासाङ शेर्पाले २००० मास्क, ३० वटा फेससिल्ड, १५ वटा पिपिइ र १५ लिटर स्यानिटाइजर उपलब्ध गराइएकाे हाे ।

फाउण्डेसनले उपलब्ध गराएकाे स्वास्थ्य सामग्रीलाइ वडा नं ८ वडाध्यक्ष सन्ताेष खड्काले बुझेका थिए ।