बलम्बुमा रहेकाे सशस्त्र प्रहरी बल मुख्यालय नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालयलाइ अजीज फाउण्डेसनले बिभिन्न उपयाेगि स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । फाउण्डेसनले सशस्त्र प्रहरी बललाइ २००० थान सर्जिकल मास्क, २२० वटा फेशसिल्ड, ७ वटा पिपिइ र १५ लिटर स्यानिटाइजर सहयाेग गरेकाे हाे ।

फाउण्डेसनकाे तर्फबाट अध्यक्ष सेर्की ल्हामु शेर्पा, उपाध्यक्ष पासाङ शेर्पा तथा कार्यकारी निर्देशक राेशन भण्डारीले मुख्यालयका एसपि समिक महर्जनलाइ साे स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।