नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ ले आयाेजना गरिरहेकाे अैँचाेपैँचाे कार्यक्रमले आफ्नाे सक्रियता बढाएकाे छ । काेभिडका बिरामीलाइ अस्पताल लैजाउने लेराउने काम गरिरहेकाे यस कार्यक्रमले काेभिडकाे मारमा परिरहेका बिभिन्न बालगृहलाइ खाना खुवाउने कार्यक्रम शुरू गरेकाे छ ।

बालगृहलाइ खाना खुवाउने कार्यक्रम अन्तर्गत जेठ २७ गते ८ वटा बालगृहमा पुगेर त्यहाँ आश्रित बालबालिका तथा संस्थाका अन्य सहयाेगिलाइ खाना खुवाएकाे छ । नेपाली काँग्रेस क्षेत्र नं ४ सभापति राजु श्रेष्ठकाे अगुवाइमा भैहरेकाे खाना खुवाउने कार्यक्रमलाइ निरन्तरता दिइने बताइएकाे छ । बुढानिलकण्ठ नगरपालिका तथा आसपासमा रहेका सबै बालगृहमा पुगेर खाना खुवाउने कार्यक्रम कार्यक्रम नियमितरूपमा चल्ने तरूण बुढानिलकण्ठका अध्यक्ष राजुविक्रम थापाले काठमाण्डु खबरलाइ बताए ।