नराम्राे समाचारले मात्र छुने बुढानिलकण्ठ नगरपालिका ६० देखि ६४ वर्षका मानिसका लागि ल्याइएकाे खाेपलाइ अनधिकृतरूपमा साना उमेरका मानिसलाइ लगाएर फेरि नराम्राे समाचारकाे विषय बनेकाे छ । खाेप केन्द्र भनेर छुट्याइएकाे दुइवटा केन्द्रमा ३ बजेसम्ममात्र  खाेप लगाएर बाँकी खाेप नगरपालिका कार्यालयभित्र ल्याएर जनप्रतिनिधिका कार्यकर्ता तथा आफन्तलाइ लगाइएकाे छ । दिउँसाे ३ बजेपछि नगरपालिकामा मेयरकाे कार्यकक्षअघिकाे काेठमा थुप्रै खाेपहरू लगाइपछि मानिसहरूकाे भीड बढेकाे थियाे । मेयर उद्धव खरेललगायत आधा दर्जन वडाध्यक्षहरूकाे राेहबरमा खाेप लगाउन थालेपछि हल्लाखल्ला भएकाे थियाे ।

लक्षित उमेर समूहलाइ भनेर ल्याइएकाे खाेपलाइ यसरी कार्यकर्तालाइ बाँडेपछि नगरपालिकामा झडप भएकाे थियाे । ठूलाे समूहमा जनसमान्य नगरपालिका घेर्न पुगेपछि मेयर खरेलले दंगा तथा सशस्त प्रहरीलाइ बाेलाएका थिए । जनसमान्यले थाहा पाउँदा खाेप भने कार्यकर्ता तथा आफन्तलाइ बाँड्ने काम सकिइसकेकाे थियाे । खाेप लगाइ सकेपछि खाेप लगाएपछिका सामग्री तथा खाेपकाे कार्ड भने असरल्ल थियाे । असरल्ल खाेपकाे कार्ड हेर्दा २८ वर्षकाे उमेरदेखिका मानिसलाइ लगाइएकाे थियाे । साे खाेपकाे कार्ड भएकाे बुकमा ६० वर्ष पुगेका काेही थिएनन् ।

खाेपका बारेमा बबाल भएपछि जनप्रतिनिधिहरूले साे काम स्वास्थ्य शाखाकाे भएकाे र स्वास्थ्य शाखाले नै साे काम गरेकाे भनेर पन्छियाे । मेयर खरेल स्वयम् नै याे काम स्वास्थ्य शाखाले गरेकाे भन्न भ्याए । मेयरकाे कार्यकक्षकाे काेठमा भएकाे खाेप वितरण कामलाइ खरेलले स्वास्थ्य शाखाकाे भनेर आराेप लगाए । केही कर्मचारीलाइ लगाउन ल्याएकाे खाेपलाइ स्वास्थ्य शाखाले जाे पायाे त्यहीलाइ बाँडेकाे खरेलकाे आराेप थियाे । यस सम्बन्धमा बुझ्न स्वास्थ्य शाखाका प्रमुख कुमार दाहाललाइ सम्पर्क गर्न खाेज्दा उनीसँग सम्पर्क हुन सकेन ।

यस सम्बन्धमा त्यहाँका बस्तुस्थिति बारे बनाइएकाे भिडियाे सामाग्री हामी केहि बेरमा प्रस्तुत गर्नेछाैँ  ।