काठमाडाैँमा अब केही मात्र धान खेतीयाेग्य जमिन छ । खेतियाेग्य जमिन दिनानुदिन घरयाेग्य बनिरहेकाे छ । आनामा जमिन बिक्न थालेपछि किसानले खेति छाडेका छन् । सुनझैँ धान फल्ने फाँटहरू अब कंक्रिटका जंगल भएका छन् वा हुनेक्रममा छन् ।

असार लागेपछि नेपाली ग्रामीण जीवन धान राेप्ने वा खेत राेप्ने चटाराेमा व्यस्त हुन्छ । काठमाडाैँमा केही मात्रामा बाँकी खेतमा यतिखेर राेपाइँ सुरू भएकाे छ । प्रस्तुत तस्वीर काठमाडाैँ बुढानिलकण्ठ वडा नं २ काे हाे । यहाँ कतिपय किसानले असारकाे पहिलाे दिन नै राेपाइँ गरेका छन् । फाेटाे कासी श्रेष्ठ ।