• केशव पाठक

प्रकृति तथा वातावरण संरक्षणका विषयमा हामीले लगातार लेखिरहेका छाैँ । बडाे महत्वपूर्ण विषय भएर हामीले सदैव महत्व नदिएकाे विषय भएकाले पनि हामीले प्रकृति र वातावरणकाे विषयलाइ धेरै महत्व दिएका हाैँ । यद्यपि जति महत्व दिए पनि याे विषय अझै महत्वकाे विषय बन्न सकेकाे छैन ।

प्रकृति र वातावरणसँग सम्बन्धित भएर बुढानिलकण्ठसँग जाेडेर दर्जनाैँ समाचार तथा लेख प्रकाशित भए पनि बुढानिलकण्ठ नगरपालिका तथा यहाँका जनप्रतिनिधिले यसलाइ ध्यान दिएकाे पाइँदैन । ध्यान दिएकाे पाइएन भन्दा पनि विनाशका लागि भूमिकामा जाेडिएका पाइयाे ।

बुढानिलकण्ठ नगरपालिकाभित्रकाे वडा नं १३ सँग सम्बन्धित भएर यहाँ प्रकृति तथा वातावरण विनाश लिलालाइ हामीले लेखेका छाैँ । काठमाडाैँ खबरले मात्र नभै अरू केही मिडियाले वातावरण तथा प्रकृति विनाश र वडा नं १३ काे भूमिकाका बारेमा लेखेका छन् । विशेष गरेर यस वडाका वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ तथा उनकाे प्रकृति तथा वातावरणसँग असचेतनाका कारण विस्तारै विनाशकाे बाटाेतिर लागेकाे विषयलाइ मिडियाले स्थान दिए पनि जनप्रतिनिधिका रूपमा रहेका श्रीकृष्ण श्रेष्ठ तथा उनकाे प्रबृत्तिले यसलाइ महत्व नदिएसम्म याे विषय कहिल्यै उँचाे हुनेवाला छैन ।

प्रकृति तथा वातावरण विनाश वा संरक्षणमा सबैभन्दा ठूलाे भूमिका सबैभन्दा तल्लाे स्तरमा जनतासँग सहकार्य गर्ने वडा कार्यालयकै हुनेछ । यसर्थ वडाकाे प्रमुख भएकाले वडाध्यक्षकाे भूमिकाले साे वडाकाे वातावरण, प्रकृति वा अन्य सम्पदाकाे विशाल विकास गर्न पनि सक्छ र सँधैका लागि विनासतिर लैजान पनि सक्छ ।

वडा नं १३ कै कुरा गरुँ, साविक एउटा सिंगाे गाविस नै हाे याे वडा । साविक चुनिखेल गाविस प्रकृति, वातावरण एवम् संस्कृति सम्पदाकाे खानी हाे । पुरानाे नेवारी संस्कृतिकाे धराेहर रहेकाे चुनिखेल यतिखेर जग्गा बिक्री गर्ने थलाे भएकाे छ । आनामा जग्गा बेच्ने खेलमा लागेकाे वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ हाकाहाकी भन्छन् “४-५ लाख नजाने जग्गालाइ मैले २०-२५ लाख जाने बनाएँ । मेराे यहि प्रयास हाे विकास भनेकाे ।” 

विकासका लागि जे जे गर्न पनि तयार छु भनेर खाेलामा ढल हालेर ढलान गर्ने दिएकाे कुरालाइसमेत पृष्णपाेषण गर्ने वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठका कारण चुनिखेलकाे डाँडा र खाेला मासिएका छन् । एउटा वडाध्यक्षकाे गलत प्रवृत्ति र साेच कति हानीकारक हुने रहेछ भन्ने कुरा एउटा वडाले देखाएकाे छ । तर श्रेष्ठ रवैयापूर्ण भन्छन्,   तिमीहरूले सयाैँ पेज लेख मलाइ केहि पर्दैन मैले के गर्ने कसाे गर्ने जानेकाे छु ।

सहरीया वातावरणकाे एक हिस्सा  भएर पनि ४ वर्षअघिसम्म संस्कृति सम्पदाकाे साथमा प्रकृति र खेतिका लागि चिनिने काठमाडाैँकाे चुनिखेल प्लटिङ र बालुवाका लागि चिनिने भएकाे छ । यसकाे कारण वडाध्यक्षमा रहेकाे जग्गा भाउ बढ्नु नै विकास हाे भन्ने प्रवृत्ति । आनामा जग्गा खण्डिकरण गरेर स्थानीयलाइ डाँडा कटाउने वडाध्यक्षकाे साेचसँग कतिपय स्थानीयले पनि साथ दिएकाे पाइन्छ । आफ्नाे सम्पत्ति, संस्कृति, सम्पदा जाेगाउनतिरभन्दा पैसामाेहमा बशिभूत भएर पुर्खाले दुखले संरक्षणकाे गरेकाे जमिनलाइ टुक्राटु्क्रा बनाएर बेचेर आफू पनि राेपनीबाट आनेमा परिणत हुन राजि भएका स्थानीय आफै वडाध्यक्षकाे प्रवृत्तिकाे मतियार हुन् ।

यसरी तथाकथित विकासका नाममा वडा नं १३ वासीले क्षणिक तथा भाैतिक फाइदालाई मात्र हेर्दा चुनिखेलकाे वातावरण मानवप्रतिकूल बन्दै गइरहेको छ। अझ पनि यहाँका मानिसको ध्यान पूर्णरूपमा वातावरण संरक्षणमा जान सकेको छैन। वातावरणमा रहेका प्राकृतिक श्रोत र साधनको अत्याधिक शोषणले आज आफ्नाे अस्तित्व झन् धराशायी हुँदै गएकाे अनुभूति आएकाे छैन ।

वातावरणलाई विशेष गरी दुइ भागमा बाँड्न सकिन्छ। पहिलाे प्राकृतिक वातावरण र दाेस्राे सामाजिक/सांस्कृतिक वातावरण । मानव समाजका आसपासमा रहेको हावापानी, माटो, वनज·ल, पशुपंक्षी, तापक्रम, खनिजआदिलाई प्राकृतिक वातावरण भनेर बुझ्न  । त्यसैगरी मूल्य, मान्यता, रीति, परम्परा, धर्म, सामाजिक संगठन, सम्बन्ध, लेनदेन आदिलाई सामाजिक/सांस्कृतिक वातावरण भनेर बुझाउँछ । वडा नं १३ मा दुवैखाले वातावरण विनाशकाे क्रममा छ ।

वडा नं १३ का वडाध्यक्ष तथा जनसमान्यले प्राकृतिक श्रोत साधनको अनियन्त्रित उपयाेगलाइ नियन्त्रण गर्ने, विकासका क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याड्ढन गरेर मात्र सञ्चालनको अनुमति दिन आवश्यक छ । यसैगरी भूखण्डिकरण तथा भूउपयाेगलाइ मापदण्ड तयार गरी कार्यान्वयन गर्नेजस्ता कार्य  हुन आवश्यक छ