काेराेनाकाे बेला सबैभन्दा जाेखिममा रहेका भनिने वर्गमा शिक्षक पनि पर्छन् । यतिखेर शिक्षकहरूलाइ तत्काल काेराेना खाेपकाे माग बढिरहेकाे छ । नयाँ शैक्षिक सत्रसँगै विद्यालयका गतिबिधि देखिन थालेकाे बेला बुढानिलकण्ठ १० मा रहेकाे एक सामुदायिक विद्यालयका शिक्षकहरू प्रहरीमा पुगेका छन् ।

स्थानीय बालउद्धार स्कूलका ५५ जना शिक्षक शिक्षिकाहरू निशुल्क कोरोना बिमाबाट बन्चित भएपछि प्रहरी चौकीमा पुगेका हुन् ।  विद्यालय व्यवस्थापन,  प्रशासन एवम् प्रधानाध्यापककाे चरम प्राविधिक लापरवाहीका कारण बिमाको सुविधाबाट बन्चित भएकाे भनेर उनीहरू प्रहरीमा पुगेका हुन् । दाेस्राे काेराेनाकाे लहरकाे सुरूवातमै विमाकाे फारम भरेका शिक्षकहरूले प्रन्सिपलकाे लापरबाहीका कारण विमाबाट वन्चित भएका थिए । यसरी विमाबाट बन्चित बनेका संक्रमित शिक्षक शिक्षिकाहरुलाई स्कूलले १५ हजार दिने निर्णय भएसँगै याे विषय विवादकाे चरमबिन्दूमा पुगेकाे थियाे ।

कोरोना प्रकोपको विषम महामारीमा पाउनु पर्ने सुविधाबाट सरासर बन्चित भएको पिडामा  राजनीतिकरण हुन् थालेपछि  आक्रोसित बनेका पिडित शिक्षक शिक्षिकाहरु वडा ,नगरपालिका ,शिक्षा शाखा ,जिल्ला शिक्षा समन्वय कार्यालय लगायतका सरोकारवाला निकायकतैबाट पनि न्याय नपाएकाे भन्दै प्रहरीको शरणमा पुगेका हुन । जेठ ३१ गते शिक्षकहरूले महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएपछि परिसरले स्थानीय प्रभागलाइ साे विषय हेर्न पत्र लेखेकाे थियाे ।

शिक्षकहरू प्रहरीमा पुगेपछि  प्रधानाध्यापक विनाेद पण्डित  कपन प्रहरी चाैकी पुगेका थिए । तर याे विषयमा प्रत्यक्ष आराेप लागे पनि पन्छिदै आएका व्यवस्थापन समितिका अध्यक्ष ध्रुव घिमिरे पनि उपस्थित भएनन् । व्यवस्थापन समितिका अरू केही सदस्य भने चाैकी पुगेका थिए । त्यस्तै आइएमइ जनरल इन्स्याेरेन्सका शिव लामिछाने जसलाइ प्रमुख दाेषी मानिएकाे छ उनी पनि निजी कारण भन्दै उपस्थित भएनन् ।

विद्यालय तथा शिक्षककाे हरेक कुरामा ठाडाे हस्तक्षेप गर्ने व्यवस्थापन समितिका अध्यक्ष घिमिरेकाे अनुपस्थितलाइ धेरैले संकास्पद मानेका थिए । त्यसाे त प्रमुख आराेपी प्रअ विनाेद पण्डितलाइ व्यवस्थापन समितिका अध्यक्षसँग मिलेर नेताहरूकाे घरमा स्कूलकाे मिटिङ गर्ने, आस्थाका आधारमा शिक्षकलाइ व्यवहार गर्ने तथा शिक्षक छनाैटमा सेटिङ गर्नेजस्ता आराेप लाग्ने गरेकाे छ ।

व्यवस्थापन समितिका अध्यक्ष एवम् इन्स्याेरेन्स कम्पनीका मेनेजरकाे अनुपस्थिति पछि असार ७ गते बिहान सबैपक्ष कपन प्रहरी प्रभागमा बस्ने गरी तारिक लिएर प्रअ विनाेद पण्डितसहित सबै शिक्षक निस्किएका थिए ।

समस्याका पछाडि ध्रुव घिमिरे संलग्न भएकाे आराेप

काेराेनाकाे लहर बढेसँगै बालउद्धारका शिक्षकहरूले राष्ट्रिय विमा संस्थानमा विमा गर्नका लागि प्रकृया अगाडि बढाए । तर व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले विमा संस्थानभन्दा आइएमइ जनरल इन्स्याेरेन्समा विमा गर्न दवाव दिए । व्यवस्थापन समितिका अध्यक्ष भएपछि हरेक कुरामा दवादसहित दादागिरी गर्दै आएकाे आराेप लागेका घिमिरेकाे ठाडाे दवावमा शिव लामिछानेकाे विमा कम्पनीमा वालउद्धारका ५५ शिक्षक शिक्षिकाले विमा गर्ने भएका थिए । साेही अनुसार कागजात तयार भएकाे एक शिक्षकले बताए ।

नाम उल्लेख नगर्ने शर्तमा ती शिक्षक भन्छन् प्रअ पण्डित व्यवस्थापन समितिका अध्यक्ष घिमिरेसँग डराउने भएकाले धेरै कुरामा हाे मा हाे गर्ने गर्छन् । इन्स्याेरैन्स कम्पनी छनाैटकाे क्रममा पनि यहि भएकाे ती शिक्षककाे निर्क्याैल छ । “त्याे विमा कम्पनीमा जसले विमा गर्न पहल गर्याे याे समस्याकाे जड उही हाे ।”