बालउद्धार स्कूल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव घिमिरेले विमाकाे समस्याकाे बारेमा प्रहरी चाैकी आफू ढिला उपस्थित हुनका कारण आफ्नाे पिताकाे स्वास्थ्यका कारण बताएका छन् । काठमाडाैँ खबरका सम्पादकलाइ सम्बाेधन गर्द घिमिरे सामाजिक सन्जालमा लेख्छन्, खासकुरा, मेरो बुवा वीर अस्पतालमा उपचारत हुनुहुन्छ। म प्राय उत्तै हुन्छु। बुवाको स्वास्थ्यमा सुधार छ। आज विहान म वीर हस्पिटलमा थिएँ। खबर पाएको सवा घन्टामा खाना नखाई हस्पिटलबाट सिधै चौकी जाँदा शिक्षकहरु फर्किसक्नु भएको रहेछ। ५ जना जत्ति शिक्षकहरु प्रहरी चौकी जानु भयो भन्दैमा म उडेर आउन सक्ने अवस्था नै थिएन। आएँ उहाँहरु हुनुहुन्न। सबैप्रति आभारी छु।”

लामाे प्रतिक्रिया लेख्दै घिमिरेले विमाकाे समस्याबारे लेखेका छन्, “संकटको बेलामा सबैलाई समस्या छ। शिक्षकहरुको समस्या कानुनी प्रक्रिया अनुसार हुन्छ। म उहाँहरुको पिडामा दु:खी छु ।” प्रहरीमा पुगेका शिक्षकप्रति उनले व्याङ्ग्यात्मकतरिकाले लेखेकाे छन्,  “तर चौकीमा धाएर, फेसबुकमा लेखेर समाधान गर्न सकिने नै भएर होला, उहाँहरु धेरै दिनदेखि त्यतै क्रियाशीलता हुनुहुन्छ । म व्यक्तिगत रुपमा शुभकामना व्यक्त गर्दछु ! जानकारी होस् – म प्रयास गरेर उहाँहरु भन्दा बढी समस्यामा परेका अभिभावकहरुलाई मेरो पारिवारिक समस्याको बाबजुत व्यक्तिगत पहलमा सहयोग गरिरहेको छु। हिजोसम्म गरिएको सहयोगले ११२ परिवारलाई राहत पुगेको छ। अझैँ केहिलाई सहयोग गर्ने ईच्छा छ।”

घिमिरे आफ्नाे सामाजिक सन्जालमा लेख्दै दिएकाे प्रतिक्रियामा काठमाडाैँखबरले कपोल कल्पित तानाबाना बुनेर समाचार प्रकाशन गरी चरित्र हत्या गरेकाे आराेप लगाएका छन् ।(फाेटाे घ्रुव घिमिरेकाे सामाजिक सन्जाल)