वरिष्ठ एमाले नेता झलनाथ खनाल साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली प्रस्थान भएका छन्। नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेपछि बाँकी उपचारका लागि खनाललाइ दिल्ली लगिएकाे हाे । लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई २ दिनअघि नर्भिक अस्पतालको आकश्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो।

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो। फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो। उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो। उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन। पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो। उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो। हेमोग्लोबिनको मात्रा कमि देखिएपछि रगत चढाइएको थियो। २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो।

खनाललाइ निरन्तर खोकी लागिरहेको छ साथै शरीर शिथिल र  कामिरहेने समस्या देखिएकाे छ । चिकित्सकहरुले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन्।(फाेटाे देशसन्चार)