मनसुनी वर्षाकाे सुरूमै याे वर्ष प्राकृतिक प्रकाेपका डरलाग्दा घटना घटेका छन् । याे तस्वीर मेलाम्चीकाे हाे । मेलाम्ची नदीमा आएकाे भीषण बाढीले सिन्धुपाल्चाेककाे मेलाम्ची नदी बग्ने धेरै ठाउँ तहसनहस गरेकाे छ । तहसनहस हुनेमा सुन्दर मेलाम्ची बजारकाे अबस्था धेरै नै गम्भीर देखिन्छ । याे फाेटाे मेलाम्ची बजारकाे हाे । असार २ गते दिउँसाे प्रनव अधिकारीले याे तस्वीर खिचेका छन् ।