• बिजेन्द्र पुडासैनी

बुढानीलकण्ठ नगरपालिकामा कोरानाको खोप अनियमितताको बिषय अहिले सम्म पनि चर्चाको बिषय बनेको छ । केहि दिन अगाडी बुढानीलकण्ठ नगरपालिकाले ६०-६४ बर्ष उमेरसमूहका जेष्ठ नागरिकहरुलाई तिन दिन सम्म बिभिन्न खोपकेन्द्रहरुमा खोप लगाउने ब्यबस्था गरेको थियो जुन ज्यादै अव्यवस्थित समेत भएकोले एक दिन खोप कार्यक्रम स्थगित गरी ब्यबस्थित तबरले अन्तिम दिन खोप लगाउने कार्यक्रम संचालन गरेको थियो ।

अन्तिम दिन नगरपालिकाको कार्यालयमा आफु निकट कार्यकर्ता आफ्ना आफन्त र नजिकका मानिसहरुलाई कार्यालय समय बितीसके पश्चात खोप लगाउदै गरेको खबर बाहिर आए पछी स्थिति असामान्य बन्न पुगेको थियो । सयौको संख्यामा दंगा नियन्त्रण गर्ने प्रहरी नगरको प्रांगणमा आई सके पछी बल्ल स्थिति सामान्य बनेको थियो । चर्को बिरोध पश्चात नगर प्रमुख उद्धवप्रसाद खरेलले स्वस्थ शाखाको कमजोरीको उपर खोप कार्यक्रम बिबादित बनेको भन्दै पन्छिन पुगे । मसलावाला मामला अब सुरु हुदै थियो खोप लगाई सकेका कांग्रेसी कार्यकर्ताहरु आएर बिरोध गरेका भनेर एक समुह प्रतिवादमा उत्रियो भने अर्को समुह शक्ति र सत्ताको बलमा नेकपा संग नजिक रहेकाहरुलाई मात्र नगरपालिकाले खुसुक्क खोप लगाएको भन्दै आरोपमा उत्रियो । सामाजिक संजालमा यो घटनाले स्थानीय सरकारको दर्पण दर्शाईरहँदा नगरप्रमुख उद्धवप्रसाद खरेलले खोपमा राजनिती नगर्न भन्दै प्रतिरक्षामा उत्रिन भ्याए ।

एउटा यथार्थ यो घटनाले के साबित गर्यो भने चाहे नेकपा हुन् चाहे कांग्रेस खोप लगाउने प्राय शक्तिकेन्द्रको नजिक रहने बहुबलीहरुनै थिए । हुन त् मुलुकभरी यही किसिमको घटना नघटेको भने होइन् तर बुढानीलकण्ठ नगरपालिकामा खोपको अनियमितता भएको घटनालाई हट केक बनाउने पात्र मध्य प्रमुखचाहिँ पत्रकार केशवराज पाठक रहे ।

उसै पनि बुढानीलकण्ठ नगरपालिकाको नगर प्रमुख खरेलको कटु आलोचक कोही छ भने पत्रकार केशबराज पाठकको नाम अग्र स्थानमै आउँछ । लामो समयदेखि नगर प्रमुख उद्धवप्रसाद खरेलले केहि गर्न सकेनन, गफ गर्नेबाहेक तारिफयोग्य ५ वटा काम भेट्नु मुश्किल, सर्बज्ञानी नगर प्रमुख भनेर नगर प्रमुख खरेललाई कटाक्ष गर्ने केशबराज पाठक अहिले चर्चामा छन् ।

उनले नै केही दिन अघि नगरपालिकामा भएकाे खाेपकाण्डकाे भिडियाे बनाएर देशभर काण्डलाइ भाइरल बनाएका थिए ।  सामाजिक संजालमा बुढानीलकण्ठको खोप केन्द्रमा केशबराज पाठकले खोप लगाएको कार्डको तस्बिर अहिले चर्चाको बिषय छ । केहीले सामाजिक सन्जालमा केशव पाठक लेखिएकाे खाेपकाे कार्ड राखेर नगरपालिकामा खाेप लगाउनेमध्येकाे भनेर लेखिएकाे पाइएकाे छ ।

यद्यपि कार्डमा राखिएको लेखिएकाे सम्पूर्ण विवरण शंकास्पद  छँदैछ तर कार्डको फोटो सामाजिक संजालमा कसरी आयो महत्वोपूर्ण प्रश्न बनेकाे छ । कटु आलाेचक पाठककै नाममा यसरी खाेपकाे कार्ड बनाएर गरिएकाे काम चरित्रहत्या त हाेला नै त्याेभन्दा ठूलाे कुराे खाेपकाे कार्डकाे दुरूपयाेग । यसरी कसैकाे चरित्रहत्याका लागि खाेपकाे कार्ड दुरूपयाेग गर्न मिल्छ ? त्यस कार्डमा केशवराज पाठककाे नामदेखि उमेर,फाेन नम्बर, ठेगानासम्म गलत लेखिएकाे छ ।

केशव पाठककाे नाममा बाहिरिएकाे साे कार्डले बुढानिलकण्ठ नगरपालिकामा खाेपकाे कति ठूलाे दुरूपयाेग भयाे हाेला त्यसकाे अनुमान गर्न सकिन्छ । यसबारे अनुसान्धान हुन आवश्यक छ । गलत डाटासहितकाे राखिएकाे याे कार्ड सार्वजनिक भएसँगै खाेपका नाममा भ्रमकाे खेती गर्नेहरू कति निर्लज्ज हुनेसक्छन् अनुमान गर्न सकिन्छ । त्यसैगरी खेापकाण्ड जति हामीले सामान्य साेचेका छाैँ सायद त्यति सामन्य छरप्रष्ट भएकाे छ  । कसैकाे चरित्रहत्यका लागि खाेपकाे कार्ड दुरूपयाेग हुनसक्छ भने अरू के के भएकाे थियाे हाेला वा के के गर्न सक्छन् अनुमान गर्न सकिन्छ ।

खाेपकाे विषय खासै ठूलाे थिएन । ठूलाे थियाे त नगरपालिका प्रमुखकाे कक्ष अघि खाेप लगाएकाे विषय । समान्यझैँ लाग्ने विषयमा त यति निघृणी खेल हुन्छ भने  बुढानिलकण्ठ नगरपालिकामा उठिरहेका अरू कतिपय विषयमा कतिधेरै भ्रमकाे खेति भैरहेकाे हाेला । डाँडाभास्ने, खाेलामास्ने काममा एउटा दुइटा व्यक्तिका कारणले भैरहेकाे भने  पनि यसमा ककसले भ्रमकाे खेती गरिरहेकाे सहजै अनुमान गर्न सकिन्छ । वडा नं १३ देखि वडा नं १ र ५ मा भैरहेकाे प्रकृति विनास र भूखण्डिकरणमा देखिएकाे समस्यामा आफूलाइ स्वच्छ, निपष्क्ष एवम् बाैद्धिक भन्ने यावत् चरित्रले यसैगरी भ्रमका  खेति गरिरहेकाे सहज अनुमान गर्न सकिन्छ ।