वरिष्ठ सङ्गीतकार तथा गायक विनय वर्माकाे असामयिक  निधन भएकाे छ । नेपाली आधुनिक तथा भक्ति सङ्गीतमा विशेष याेगदान दिएका वर्माकाे काेराेना संक्रमणका कारण टिचिङ अस्पतालमा गए राति निधन भएकाे हाे । नेपाली सङ्गीत क्षेत्रमा कुशल प्रशिक्षकका रूपमा पनि वर्मालाइ चिनिने गरिन्छ । सयाैँ गीतमा सङ्गीत भर्नुकाे साथै उनले केहि भक्ति सङ्गीत रचना र गायन पनि गरेका थिए ।

शास्त्रीय सङ्गीतका गुरूकाे रूपमा विनय वर्माका सयाैँ चेलाहरू नेपाली सङ्गीत क्षेत्रमा सक्रिय छन् । वर्माकाे सक्रियता तथा अगुवाइमा काठमाडाैँकाे कपनमा कपन सङ्गीत सराेवर नामकाे संस्था १३ वर्षदेखि नियमित शास्त्रीय तथा भक्ति सङ्गीत कार्यक्रम संचालन गरिरहेकाे छ ।

सङ्गीत वर्माकी  श्रीमती तथा दुइ छाेरी छन् । वर्माकी सुपुत्री सुजाता वर्मालाइ पछिल्लाे पुस्ताका अग्रणी स्वरमध्ये एक मानिन्छ । वर्मा पछिल्ला २० वर्षदेखि काठमाडाैकाे कपनमा स्थायीरूपमा बस्दै आएका थिए ।

वरिष्ठ सङ्गीतकार वर्माकाे निधनसँगै नेपाली गीत सङ्गीत क्षेत्र शाेकग्रस्त भएकाे छ । नेपाल शास्त्रीय सङ्गीत समाजले एक विज्ञप्ति प्रकाशित गर्दै दिवंगत विनय वर्माकाे निधनले नेपाली गीतसंगीतकाे क्षेत्रमा अपुरणीय क्षति भएकाे बताएकाे छ ।