सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए ।

बुधबार बसेको कोभिड–१९ निर्देशक समितिमा प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण्नका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको बताएका छन् । अरु देशसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको भन्दै उनले आगामी साउनबाट नागरिकहरुलाई लगाउन थालिने जानकारी दिएका थिए ।