एकसाता अघि वुढानिलकण्ठ नगरपालिकामा भएकाे खाेपकाण्ड बारे नेकपा माओवादी केन्द्रले बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेललाइ ज्ञापनपत्र दिँदै घटनाकाे भर्त्सना गरेकाे छ । माओवादी केन्द्रकाे काेराेना नियन्त्रण समितिका तर्फबाट संयाेजक ठाकुरप्रसाद खकुरेल तथा बुढानिलकण्ठ नगर समितिका संयाेजक रविन अधिकारी दुइ दर्जन नेताहरू उपस्थित भएर चाइनिज भेराेसिल खाेप कार्यक्रमका क्रममा व्यापक अनियमितता भएकाे प्रति बिराेध जनाएकाे हाे ।

 ठाकुरप्रसाद खकुरेलद्वारा वाचित २ पेज लामाे ज्ञापनपत्रमा ताेकिएकाे खाेप केन्द्रमा घण्टाैँ घाममा बुढाबुढीलाइ उभ्याएर पनि कतिपयले खाेप लाउन नपाएकाे तर साेही खाेप कम उमेरका मानिसलाइ बाँडिएकाे प्रति बिराेध गरिएकाे छ  । मेयरकाे कार्यकक्षमै कम उमेर समूहका मानिसलाइ अनधिकृतरूपमा खाेप लगाउने गलत काम भएकाे भन्दै ज्ञापन पत्रमा साे अनियमितता छानबिन हुन आवश्यक रहेकाे बताएकाे छ ।

खाेपकाण्डकाे बिराेध तथा भर्त्सनासँगै ज्ञापन पत्रमा काेराेना नियन्त्रण सहयाेग समिति निर्माण गर्न जाेड दिइएकाे छ । काेराेना नियन्त्रण सहयाेग समितिले गर्ने कामहरूका बारेमा पनि ज्ञापन पत्रमा १६ वटा बुँदा सुझाव प्रस्तुत गरिएकाे छ । सुझावमा जनताले पाउनु पर्ने सेवा सुविधामा राजनितिक आस्थाकाे आधारमा भेदभाव हुन नहुने, महामारीका बारे गरिने निर्णयमा सबै राजनीतिक दलका प्रतिनिधिसँग सहकार्य गर्न संयन्त्र निर्माण गर्न पर्ने, संक्रमित नगरवासीकाे निशुल्क उपचार हुनुपर्ने, काेराेना महामारीमा ज्यान गुमाएका परिवारलाइ उचित राहतकाे व्यवस्था हुनुपर्ने, मृतकका परिवारकाे आर्थिक अबस्था हेरेर एकजनालाइ जागिरकाे व्यवस्था हुनुपर्ने, अक्सिजनसहितकाे आइसाेलसेन केन्द्र बनाइनुपर्ने, फ्रन्टलाइनमा काम गर्ने सबैलाइ पर्याप्त खाेप तुरून्त व्यवस्था गरिनुपर्ने, आयआर्जन गर्न नसक्ने परिवारलाइ पहिचान गरी यथाशीध्र पर्याप्त राहत दिने, संक्रमितहरूलाइ निशुल्क एम्बुलेन्स सेवा हुनुपर्ने, अक्सिजनकाे प्लान्ट बनाउने तथा सिलिन्डरहरू किनेर राख्नुपर्ने, काेरानासँग सम्बन्धित मृतक, संक्रमित, उपचार गराइरहेका, खाेप लगाएका सबैकाे तथ्यांक सार्वजनिक हुनुपर्नेजस्ता विषय समेटिएका छन् ।

ज्ञापनपत्र बुझ्दै बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले सुझावहरू राम्रा भएकाले सुझाव कार्यान्वयनमा आफूले सकेजति गर्न प्रयास गर्ने बताएका थिए ।

ज्ञापनपत्र बुझाउन खकुरेल र अधिकारीका साथमा माओवादी केन्द्रका नेताहरू विदुर खड्का, डम्बर अधिकारी, राजकुमार कार्की, शिव बजगाइ, कुसुम बिक, संचिता डाेटेल, सविता श्रेष्ठ, अर्जुन मालबुल, गजेन्द्र खड्का, अमर बिक आदिकाे उपस्थितिरहेकाे थियाे ।