आफ्नाे चुनावी क्षेत्रमा धेरै काम गर्ने सांसदका काेटीमा गगन थापा देशभरीका सांसदहरूमा उच्च गणनामा आउने नाममध्येमा पर्दछन् । काठमाडाैँ क्षेत्र नं ४ का सांसद गगन थापाले आफ्नाे चुनावी क्षेत्रकाे विकासमा बिभिन्न समयमा गरी अर्बाैँका बजेटका पारेका छन् । सरकारी बजेट भए पनि सांसदकाे पहुँच तथा क्षमताका आधारमा चुनावी क्षेत्रकाे विकास हुने गरेकाे छ । मुहानपाेखरीदेखि दरबारमार्गसम्म फैलिएकाे काठमाडाैँ क्षेत्र नं ४ काे विकासमा थापाले पुर्याएका याेगदानकै कारण उनलाइ क्षेत्र नं ४ वासीले चुनावीदेखि हरेक माेर्चामा साथ दिने गरेका छन् ।

पछिल्ला करिब डेढवर्षदेखि सिङ्गाे विश्वदेखि नेपाल पनि काेराेना महामारीकाे चपेटामा छ । याे महामारीमा हरेक माेर्चाबाट आफूलाइ सक्रिय तुल्याउने नेता तथा सांसदमध्ये गगन थापा अग्रणी नाम हाे । संसददेखि जनताकाे घरघरसम्म उनका बिभिन्न गतिबिधि सक्रिय भएका छन्। सांसदमा प्रधानमन्त्री केपि ओलीले पटकपटक संसदमै प्रश्न गरेका थापाले सुझावदेखि दवावसम्म दिए ।  आफ्नाे निर्वाचन क्षेत्र गतवर्ष र याे वर्षमा गरी ४ वटा आइसाेलेसन सेन्टर बनाए । गतवर्ष उनले बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं १० र १३ का साथै आइसाेलेसन सेन्टर बनाउन पहल गरे । याे साल महामारी बढेसँगै थापाले काठमाडाै वडा नं ८ र वडा नं  ३० मा दुइवटा आइसाेलेसन सेन्टर बनाए ।

वडा नं ३० मा रहेकाे आइसाेलेसन सेन्टर नेपालमा चलि आएका आइसाेलेसन सेन्टरभन्दा फरक छ । याे आइसाेलेसन सेन्टर मध्यमखाले अस्पतालकाे हैसियत राख्छ । २५ बेडकाे याे आइसाेलेसन सेन्टरमा ४ जना डाक्टरसहित आधा दर्जन नर्ससहित संचालित छ । हाइप्रेसर अक्सिजन दिनसक्ने क्षमताकाे याे आइसाेलेसन सेन्टरलाइ महामारी तत्काल कम भयाे भने पनि संचालनमै राख्ने तयारीमा छन् थापा ।

महामारीमा आफ्नाे क्षेत्रमा घरमा आइसाेलसनमा बसेकाहरूलाइ घरघरमै सेवा पुर्याउने काम पनि थापाले गरे । हेल्थ एट हाेमसँग मिलेर गरेकाे घरघरमा पुगेर गर्ने सेवामा आफ्नाे निर्वाचन क्षेत्रका २००० भन्दा धेरै मानिस जाेडिएका छन् । महामारीमा आफना क्षेत्रका काेरानाका विरामीलाइ अस्पताल लान तथा अस्पतालबाट ल्याउन निशुल्क गाडीकाे सेवा सुरू गरिएकाे छ । नेपाली काँग्रेस क्षेत्र नं ४ का सहकार्यमा भएकाे अैँचाेपैँचाे कार्यक्रमअन्तर्गत आफ्नै साथीहरूकाे ५ वटा गाडीलाइ याे सेवामा प्रयाेग गरियाे । याे सेवामा हरेक दिन २० जनाभन्दा धेरैले सेवा लिएकाे छ ।

काेभिड कतिन्जेल रहने पत्ताे नभएकाले गगन थापा आफ्नाे क्षेत्रमा काेभिड महामारीकाे हरेक काम सक्रियरूपमा गरिरहने याेजनामा छन् । वडा नं ३० काे राताेपुलमा संचालित आइसाेलसन सेन्टरलाइ अझै प्रभावकारी बनाउने याेजना उनकाे छ । यहि क्रममा बुढानिलकण्ठ १० डिठ्टाचाैरमा थापाकेा पहलमा बनिरहेका बुढानिलकण्ठ नगर अस्पताललाइ बुढानिलकण्ठ नगरपालिकासँग मिलेर पुर्णता दिनेमात्र नभै नगर अस्पतालकाे महत्वबाेध गराउने याेजनामा छन् ।(बाँकी कुरा माथिकाे भिडियाे हेर्नुहाेला)