प्रसिद्ध कथाकार नयनराज पाण्डेको नयाँ कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । केही महिना अघि नै प्रकाशित हुने भनिएकाे कृति कोरोना महामारीका कारण ढिला प्रकाशित भएकाे हाे ।

‘जियरा’ मा पाण्डेले पछिल्लो समयमा लेखेका १३ ओटा लामा कथा समावेश छन् ।  एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रण भएकाे कथा संग्रहलाइ फाइनप्रिन्टले बजारमा ल्याएकाे हाे ।  मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्र्रह ‘जियरा’मा आफूले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउन खोजेको पाण्डेको भनाइ छ । । मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन् ।