• केशव पाठक

गत शुक्रबारकाे केन्द्रीय समितिबाट १४ औं महाधिवेशनको कार्यतालिका पारित गरेसँगै नेपाली कांग्रेसभित्र नेतृत्वका लागि सक्रियता तथा दौडधुप सुरु भएको छ । कार्यतालिका पारितसंगै दौडधुप गर्ने सूचिमा सभापति शेरबहादुर देउवा अगाडि छन् । उनले आफू फेरि सभापति बन्ने इच्छा जाहेर गरेका छन् । देउवाले शनिबार प्रदेश १ र २ का संस्थापन पक्षीय नेताहरुसंग छलफल गरेका छन् भनेआइतबार बाग्मती र गण्डकी प्रदेशका नेताहरुसंग छलफल गरेका छन् ।

नेपालकाे संबिधानकाे संवैधानिक बाध्यताका कारण भदौमा महाधिवेशन गर्नैपर्ने भएपछि कांग्रेसमा नेतृत्वका आकांक्षीहरुले आन्तरिक दौडधुपलाई तिव्र देखिएकाे छ । देउवासँगै,  रामचन्द्र पाैडेल बिमलेन्द्र निधि, प्रकाशमान सिंह तथा गाेपालमान श्रेष्ठले आफू सभापतिकाे आकांक्षी रहेकाे सार्वजनिक गरेका छन् ।  महाधिवेशनमा आफु पुनःसभापतिको उम्मेद्वार हुने भन्दै देउवाले सहयोग  आफ्नो जित निश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि जिताउन आफू निकट नेताहरूलाइ निर्देशनसमेत दिएका छन् ।

देउवाका नेतृत्वमा नेपाली काँग्रेस कमजाेर भएकाे आराेप लाग्ने गरेकाे छ ।  पार्टीलाई कमजोर बनाएको र संसदमा विपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना खेपिरहेका देउवाको पुनःनेतृत्वमा दोहोरिने आकांक्षाले काँग्रेसमा नेतृत्व परिवर्तन हाेला काँग्रेस सुध्रिएला भन्ने आम आशामाथि तुषारापात हुने आशंका धेरैमा नेता तथा कार्यकर्तामा देखिएकाे छ । त्यसाे त देउवाले देखाएकाे सभापतिकमाेहलाइ  उनी पक्षकै कतिपय नेताले विमति देखाएका छन् ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वका अन्य आकांक्षीहरु पनि आन्तरिक गृहकार्यमा जुटेका छन् । संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिले पनि नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने तयारी गरिरहँदा संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसहित आधा दर्जन आकांक्षीले नेतृत्वको लागि तयारी गरिरहेका छन् ।

संस्थापन इतर पक्षबाट देउवाको प्रतिस्पर्धी को हुऩ बारे इतर पक्षमा एकमत देखिदैन । सुजाता काेइरालादेखि शेखर काेइराला र सशांक काेइरालाले पनि आफू सभापतिकाे आकांक्षी हुनसक्ने बताएका छन् । इतर पक्षकाे एक उम्मेदवार हुने वातावरण तयार भैरहेकाे बताइएकाे छ ।

बुढा नेताहरूलाइ सभापतिकाे  तिर्सनामा छटपटिए पनि युवा नेताहरूकाे चाँचु केही देखिएकाे छैन । नेपाली काँग्रेसमा देखिएकाे सशक्त युवा पङ्ति अझै कसरी जाने बारे निश्चित देखिदैनन् । उनीहरूकाे अभिमत पनि सार्वजनिक भएकाे छैन । यतिखेर धेरैकाे चासाे युवा नेताहरू गगन थापा र विश्वप्रकाश सर्माले आफूलाइ कहाँ उभ्याउलान् र के पदमा आफ्नाे उम्मेदवारी प्रस्तुत गर्लान् भन्नेमा छ ।

१३ औँ महाधिवेशनमा महामन्त्री पदमा उठेर सम्मानजनक मत पाएका नेता गगन थापाले १४ औँ महाधिवेशनमा  कुन पदमा उठ्नेछन् भन्ने चासाे सर्वाधिक छ । त्याेभन्दा  पनि ठूलाे चासाे गगन थापा पार्टी भित्रकाे कुन प्यानलमा आफूलाइ समाहित गराउलान् भन्नेतिर देखिएकाे छ । यसअघि सिटाैला समूहमा रहेर महाधिवेशनकाे मैदानमा आएका थापा याे पटक फेरि सिटाैला प्यानलमा रहलान् वा स्वतन्त्र बन्लान् भन्ने चासाे धेरैमा छ । धेरैलाइ गगन थापा जत्तिकाे मान्छे महामन्त्री पाउनका लागि देउवालाइ सभापति स्वीकार्लान् कि भन्ने डर देखिएकाे छ । त्यसाे त सबै प्यानलले थापालाइ महामन्त्रीकाे अफर गर्ने सम्भावना पनि छ । यस अबस्थामा थापाकाे मुभ सर्वाधिक प्रतिक्षित विषय हाे ।

त्यसैगरी हाल पार्टी प्रवक्ता रहेकाे नेता विश्वप्रकाश सर्माका बारे पनि धेरै अड्कलबाजी भएका छन् । धेरैले विश्वप्रकाश सर्मा जत्तिकाे मान्छे देउवा पक्षमा लाग्न हुँदैन भन्ने मत जाहेर गरे पनि सर्माले आफूलाइ कसकाे मान्छे भनेर सार्वजनिक गरेका छैनन् । तथापि सभापित देउवाले नै सर्मालइ प्रवक्ता बनाएकाले सर्मा देउवा प्यानलबाट महामन्त्री उम्मेदवार हुनेसम्मकाे चर्चा चलेकाे छ ।

२०७२ साल फागुनमा सम्पन्न १३ औं महाधिवेशनबाट देउवा कांग्रेसको नेतृत्वमा पुगेका थिए । नेतृत्वको लागि आकांक्षीहरुले तिव्र तयारी सुरु गरेपनि कोरोना महामारी,बाढीपहिरो र राष्ट्रिय राजनीतिमा देखापरेको संकट भदौमा महाधिवेशन गराउन कांग्रेसलाई निकै चुनौतीपूर्ण देखिन्छ । यस अबस्थामा देउवा वा पाैडेलले के गरे वा के गर्लान् भन्ने भन्दा पनि थापा, सर्मालगायतका नेताले आफूलाइ कति बाेल्ड बनाउलान् भन्ने विषय नै काँग्रेसकाे भविष्यसँग जाेडिएकाे छ ।