आज असार १५ । नेपालमा  विसं २०६१ देखि राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको छ । याे क्रमले १८ वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ गरेर याे दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तसम्म नभइ नहुने बाली हो । जीवन धान्ने आधार पनि धान नै हो । त्यसैले नेपाल मात्रै होइन दक्षिण एसियाली मुलुकमै धानको महत्व बढी छ ।