(याे पत्र युवा संचारकर्मी तथा राजनीतिकर्मी बिजेन्द्र पुडासैनीले बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेललाइ लेखेका हुन् । याे पत्र तब लेखियाे जब विष्णुमती नदीमा रहेकाे ५० वर्षभन्दा पुरानाे  फलामे पुललाइ काैडीकाे मूल्यमा लिलाम गरियाे । पुडासैनीकाे गुनासाे त्याे पुल र फलाममा मेयर खरेल तथा उनका टिमले किन पर्यटनका बिबिध विम्व प्रतिविम्व देख्न् सकेनन् । मेयरकाे पर्यटकीय नगरकाे नारा किन यति कृतिम ? भन्ने आशयले याे पत्र लेखिएकाे छ । )

मेयर साब्,  तपाईका बारे बेला-बेला कहिले व्यंगात्मक कहिले रचनात्मक त कहिले आलोचनात्मक टिप्पणी गर्ने गरेको छु | तपाईका कार्यशैलीप्रति धेरै ठाउँहरुमा सहमति जनाउन नसकी फरकमतसमेत राख्दै आएको पनि छु । तपाइँका राम्रा काम र कुरा खासै देखिएका छैनन् नत्र तपाइँकाे समर्थनमा साथ पनि दिन्थेँ । हिजाेआजैमात्र तपाइँको रचनामा बनेको नगरगीत हेर्ने अवसरसमेत पाईयो । अभियनमा पनि केही दम देखेँ । राजनीतिक दाउपेच पनि अभिनय नै रेछ ! सायद सिक्नु भएछ कि भिडियाेमा प्रस्टिन्थ्याे ।

जे जस्तो भए नि सुन्दर पर्यटकीय बूढानीलकण्ठ नगरको कल्पनामा नारामा  तपाइको साथमै छु । याे तपाइँकाे पूर्णतः अपूर्ण र अदृष्य पर्यटकीय नगरकाे अवधारणाबीच पर्यटकीय नगर बनाउन चालेको पहिलो कदम सम्झेर खासै प्रतिक्रिया जनाउन उचित नि लागेन । पर्यटकीय नगर बनाउने नाममा खोलामा ५० लाखको बजेट बिनियोजन हुँदासमेत त्यस्तो ठूलो फरक मत पनि राखिन ।

तर आज विष्णुमती पुलमा  जे भयो,  त्यो हेर्दा पर्यटकीय नगर बनाउने नारा त फगत तपाइँले नगर गीतमा गरेको अभिनीयभन्दा केही नभएकाे ठहर गर्न पुगेँ । अथवा तपाइँसँग पर्टकीय भन्ने विषयकाे सामान्य ज्ञानसम्म रहेनछ भन्ने पक्का भएँ । याे पुलमा तपाइँकाे कर्म  प्रतिविम्वित हुँदैथियाे  । तपाइमार्फत भएकाे याे कर्मले पर्यटन वा पर्यटकीय भन्ने  विषयलाइ जिस्क्याएझैँ लाग्याे

बूढानीलकण्ठ नगरपालिका वडा न ५ मा नयाँ पुल बनेपछि पहिलेको फलामे पुलको फलाम खोलामा अव्यवस्थितरुपमा रहेको थियो ।  ६०/७० बर्ष पुरानो पुलको फलामलाई ३ लाख ३७ हजारमा लिलाम गरेर तपाईले बुढानीलकण्ठ नगरलाई कसरी पर्यटकीय नगर बनाउन सक्नु हुन्छ ? त्यो ऐतिहासिक बनिसकेकाे फलामकाे पुललाइ पर्यटकीय गन्तब्य बनाउन सकिन्थ्याे । पर्यटक कंक्रिटमात्र आउने जुन साेच तपाइँसँग छ त्याे एक विडम्बना हाे । विकासका नाममा कंक्रिटलाइ मात्र देख्ने तपाइँकाे विकासे साेच आफैमा विस्मयकारी छ । त्याे पुलकाे फलामलाइ जसरी लिलाम गरियाे एउटा मेयरकाे रूपमा तपाइँमा रहेकाे पर्यटनसम्बन्धि कमजाेर धारणाले दया लागेर आयाे ।

त्याे फलामले ईतिहास बोकेको छ भनेर तपाईलाई स्मरण गराउँदा गराउँदै पनि सम्बृद्ध नगर बनाउन ईतिहास बोकेको फलाम बेच्नु पर्ने बाध्यता नै आयो है ?

तपाइँकाे सुभेच्छुक

बिजेन्द्र पुडासैनी

वडा नं ५, बुढानिलकण्ठ