भ्वाइस अफ नेपालमा बुढानिलकण्ठकी निहारिका ज्ञवालीले आफ्नाे आवाजकाे जादु चलाउँदै छिन् । उत्कृष्ट प्रदर्शन गर्दै निहारिका भ्वाइस अफ नेपाल को टप १२ मा पुगेकी छन् । टिम प्रमोदका तर्फ गाएकी निहारिकाले गायक योगेश्वर अमात्यको जब सन्ध्या हुन्छ भन्ने गीतलाइ आफ्नै शैलीमा उत्कृष्टरूपमा गाएपछि नक आउट राउण्ड पार गरेकी हुन् । अमात्यकाे गीतमा उनले प्रस्तुत गरेकाे गायकी एवम् अन्य प्रदर्शनलाइ काेचहरूले रूचाएका थिए । काेचहरूबाट प्रशंसा बटुलेपछि निहारिका अर्काे राउण्डका प्रदर्शनका लागि व्यस्त रहेकी छिन् ।

निहारिका  ब्याटल राउण्डमा तीनजना कोचले विशेष अधिकार प्रयोग गर्दै स्टिल गरिएकाे थियाे ।  उनी  बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थायी की निवासी हुन् । नकआउट राउण्डमा दुई प्रतिस्पर्धीलाई उछिनेर छनौट भएकी उनले कोचहरु बाट निकै राम्रो प्रसंशा बटुल्ने गर्ने गरेकी छिन्  ।