• आकाश शर्मा

चर्चामा छन् उद्धव खरेल । काम नगरेर वा गर्न नसकेरमात्र नभै गरेका अडबाङ्गे काम-कुराका कारण पनि खरेल चर्चामा आइरहन्छ । फेरि काठमाडाैँ खबरलाइ त उद्धव खरेलका बारे लेख्ने ठेक्का नै परेझैँ छ । काठमाडाैँ खबरमा उद्धव खरेलकाे बारेमा यति लेख र समाचार छापिए कि उनकाे यस नगरमा ओलीसमेत फिक्काझैँ देखिएका छन् ।

याे प्रशङ्ग पनि उनै उद्धव खरेलका बारे हाे  । एउटा तथाकथित(?) नगरगीत भनिएकाे बजेट पचाउने गीतमा माेडल भएर खरेलले अभिनय गरेपछि उनकाे अभिनयकाे पनि तारिफमा नगर हल्लिएकाे छ । तारिफ नभन्नुस् व्याङ्ग भन्नुस्, यसरी व्याङ्ग गर्ने धेरैजना मध्ये एक हुन् आशिष गुरागाइँ । आशिष गुरागाइँ हत्तपत्ति लेख्दैनन् लेखेपछि खतरै लेख्छन् । संचारकर्मीसमेत रहेका गुरागाइँले उद्धव खरेलले माेडलिङ गरेकाे नगरगीत र अर्काे एक समसामयिक विषयमा अलि निर्मम तरिकाले नै लेखे । याे पटक उद्धव खरेलकाबारे आशिष गुरागाइँले काठमाडाैँ खबरले लेखेभन्दा  पनि निर्मम स्टाटस फेशबुकमा लेखेपछि खरेलसँगै गुरागाइँ आफै पनि चर्चामा छन् ।

गुरागाइँले फेशबुकमा यसरी लेखे, मियरसावलाई कति धेरै चर्चा चाहिएको !? कुनै दिन बूढानीलकण्ठ नारायणको मूर्ति पल्टाएर आफै सुते भने अन्यथा न सम्म्झे हुने भयो । यति चाेटिलाे र निर्मम प्रहार उद्धव खरेलमाथि सम्भवतः यस अघि भएकाे थिएन हाेला । यही खाले खासियत आशिष गुरागाइँमा छ र साे  अनुरूप गुरागाइँ सबैले चिनिएका प्रिय वा अप्रिय पात्र भएका छन् ।

गुरागाइँले बुढानिलकण्ठकाे मूर्तिलाइ प्रतिक बनाएर लेखेकाे स्टाटसमा मेयर खरेलले आफैले लेखेकाे भनिएकाे गीतमा माेडलिङ गरेकाे विषयमात्र नभै मेयर खरेलले आफ्ना कर्महरूकाे बचाउ एवम् प्रचार गर्न भनेर हालै नगपालिका कार्यालयमै खाेलेकाे अनलाइनलाइ पनि प्रहार गरेका छन् । गुरागाइँ अनलाइन खाेलेकाप्रति यसरी व्यङ्ग गर्छन्, बिना सम्पादकको सञ्चार माध्यम, कठै मेरो उद्धव खरेल मियरसावलाई कति धेरै चर्चा चाहिएको !

काम केही ढङ्गकाे नगर्ने तर  सर्वज्ञानी बन्ने भनेर कहलिएका  मेयर खरेललाइ गुरागाइँले लेखे,  कुनै दिन बूढानीलकण्ठ नारायणको मूर्ति पल्टाएर आफै सुते भने अन्यथा न सम्म्झे हुने भयो । सामान्यरूपमा हेर्दा मेयर खरेललाइ गाली गरेकाे सामान्य वाक्यांस लागे पनि सारमा याे मेयर खरेलकाे ४ वर्षे कार्यकालकाे एकवाक्यमा व्याख्या थियाे । बुझ्नेले कतिले ठट्याैली बुझे हाेलान् वा कतिले पूर्ण गाली साेचे हाेलान् तर मेयर खरेलमा जसरी हरकुरामा आफै जान्ने भन्ने तर केही ढङ्ग नपुर्याउने प्रवृत्ति छ त्यसकाे सटिक व्याख्या थियाे याे वाक्यांस ।

आशिष गुरागाइँले याे सटिक र निर्मम स्टाटस लेखेपछि केहि अन्य पात्रहरूले यस स्टाटसमा निर्मम कमेन्ट पनि गरे । राेशनबाबु बुढाथाेकीले मेयर खरेलमाथि झन् कठाेर कमेन्ट गरे, कुनै दिन शिवपुरीको शिव नि मै हो भन्न बेर छैन। बुढाथाेकीकाे याे कमेन्टले मेयरकाे सर्वज्ञानी छविमाथि कठाेर प्रहार झन् निर्मम प्रहार थियाे । त्यसैगरी मेयर खरेलसँगै काम गरेका एमाले नेता ध्रुवराज न्याैपाने लेख्छन्, आफ्नै हात जग्गनाथ ,अहिले नगेरे कहिले गर्ने ,हामिले नगरे कस्ले गर्ने ।जय बुढानिलकण्ठ ।  न्याैपानेकाे याे कमेन्टले मेयर खरेलकाे कार्यशैली, उनीमार्फत भैरहेकाे नीतिगत भ्रष्टाचारदेखि धेरै कुरालाइ सम्बाेधन गरेकाे छ ।

आशिष गुरागाइँकाे  याे स्टाटसमा कमेन्ट गर्ने १५ जनामध्ये एक हुन अक्कल तामाङ । सामाजिक गतिबिधिमा पनि सम्बद्य राख्ने तामाङ लेख्छन्, नाची नाची सिध्याउनु पनि राम्रो त हो नि होइन र ? विकास ! तामाङकाे याे कमेन्टले खरेलकाे विकासकाे धेरै कुरा खाेलेकाे छ । त्यसैगरी शिक्षण पेशामा सक्रिय राजेन्द्र बुढाथाेकी लेख्छ्न्, यस्तो मौका द्रोस्रो पटक नआउन सक्छ ,जे गरौ अहिले गरौ।

यी त भए गुरागाइँमा स्टाटसकाे समर्थनमा लेखिएका कुरा ।  केही कमेन्टले उद्धव खरेलले नगरगीतमा नाचेकाे प्रति सद्भाव राखेर पनि लेखेका छन् । सद्भाव राखेर लेखिएकाे केही कमेन्टकर्तामध्ये एक हुन् मुरारी ढकाल । ढकाल लेख्छन्, कलाकार नेता हून्छन सबै तीर, नेता कलाकार हुनु हुन्न येता तीर ?

गुरागाइँले बडाे घतलाग्दाेरूपले लेखेकाे वाक्य कुनै दिन बूढानीलकण्ठ नारायणको मूर्ति पल्टाएर आफै सुते भने अन्यथा न सम्म्झे हुने भयो । याे वाक्यांस खरेलमाथि जति निर्ममझैँ लाग्छ त्यतिनै उनीप्रतिकाे सटिक उपमाजस्ताे लाग्छ । साँच्चै, कुनै दिन उद्धव खरेलले बुढानिलकण्ठ नारायणकाे मूर्ति पल्टाएर आफै सुते भने  ?